कांग्रेसको जनजागरण अभियान ठाडामा सम्पन्न

ठाडा । फाइल फोटो 
प्रेम आचार्य
अर्घाखाँची १८ चैत ।  नेपाली कांग्रेस अर्घाखाँचीले संगठन सुदृढीकरणकालागि सञ्चालन गरेको  गाँउ जनजागरण अभियान आज ठाडा गाविसको दकसुपाटामा  सम्पन्न भएको छ  । 
१३ महाधीबेसन अन्तर्गत बनेको नँया जिल्ला कार्य समितिले संगठन सुदृढीकरण र  कार्यक्रताको मनोभावना अनुररुप पाटीलाई अगाडी बाउनका  लागि जिल्लाका सबै गाविसमा अभियान सञ्चालन गरेको काग्रेसका जिल्ला सभापति बिष्णु खनाल (मुस्कान ले बताउनु भयो । हरहर काग्रेस , घरघर कांग्रेस भन्ने नाराका साथ सोमबार जलुके गाविसवाट सुरु भएको कार्यक्रम सिद्धारा सिमलपानी गाविसमा सम्पन्न भई आज ठाडा गाविसमा सकिएको हो ।  
ठाडामा भएको कार्यक्रममा मन्तब्य राख्दै काग्रेसका जिल्ला सभापति बिष्णु खनाल (मुस्कान) ले कार्यक्रताको भावना बुझ्ने जनताको माग अनुसार बिकासलाई अगाडी बढाउने उदेश्यले गाँउ जनजागरण अभियान सञ्चालन गरेको बताउनु भयो । 
 कार्यक्रममा काग्रेसका पुर्ब जिल्ला सभापति कमल प्रसाद भुसालले गाँउ अभियानले काग्रेस अझ ससक्तका साथ अगाडी बढ्ने बताउनु भयो । कार्यक्रममा  जिल्ला सचिब छबिलाल पौडेल, क्षेत्रीय सभापति अच्युत गौतम, महासमिति सदस्य तथा महिला संघकि सभापति शान्ता भण्डारी, जिल्ला सदस्य माधब पौडेल, संगिता भण्डारी, चन्द्रा गैरे, ईन्सु मिया , कुमार केसब सिंह, क्षेत्रीय कोषाध्यक्ष ओम प्रकाश गैरmे महिला स.घकि क्षेत्रीय सभापति सरिता अर्याल,जुकेना सभापति चन्द्रमणि बेल्बासे, लगायतले मन्तब्य राखेका थिए । 
कार्यक्रम काग्रेस ठाडा गाविसका सभापति मोती बेल्बासेकोे सभापतित्व, खुमकान्त अधिकारीको स्वागत   र हेमनाथ भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।  
भोलि जुकेनाको भुमेकास्थानमा जनजागरण कार्यक्रम सम्पन्न गरिने काग्रेसले बताएको छ ।