अर्घाखाँचीका जिल्ला न्यायाधीश बास्तोलाद्वारा न्याय सम्पादनलाई छिटो छरितो बनाउने प्रतिवद्धता(हाल सम्म मुद्दा लागत फर्छौटको स्थित लगायतका सम्पूर्ण विवरण सहित)

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका जिल्ला न्यायाधीश केसब प्रसाद बास्तोलाले न्याय सम्पादन लाई छिटो-छरितो, निष्पक्ष र प्रभावकारी बनाउन अाफुले कुनै कसुर बाँकी नराख्ने बताउनु भएको छ।  

 
जिल्ला अदालत अर्घाखाँचीले गरेको पत्रकार परिचायत्मक कार्यक्रममा मन्तब्य राख्दै न्यायाधीश बास्तोलाले सन्चार कर्मि र अदालत बिचको सम्बन्ध नङ र मासुको सम्बन्ध जस्तै हुनुपर्नेमा जोड दिनु भयो । 
उहाले अदालत बाट जनताले धेरै सुबिधा पाउन सक्ने भएपनि प्रचारप्रसार को कमिले गर्दा सबै सेवा बाहिर अाउन नसकेको बताउनु भयो ।
न्यायाधीश बास्तोलाले जिल्ला अदालतबाट चैत १९ गते सम्ममा २४७ मुद्दा रहेको मा १३९ मुद्दा फर्छौट भई १०८ मुद्दाको लगत कायम रहेको बताउनु भयो । 
न्यायाधीश बास्तोलाले लगत कायम रहेका मुद्दा मध्ये जम्मा पाच वटा मात्र एक बर्ष नाघेका मुद्दा रहेको जानकारी दिनु भयो ।  ति एक बर्ष नाघेका मुद्दा हरुको पनि धेरै प्रक्रिया पुरा भईसकेकोले यसै अार्थिक बर्ष मन फर्छौट गर्ने लक्ष्य राखिएको जानकारी दिनु भयो । 
परिचायत्मक कार्यक्रममा पत्रकारहरुले जिल्लामा रहेका जल्दाबल्दा सामाजिक सरोकारका अदालतमा बिचाराधिन रहेको ठाडाको चिउरि मिल कान्ड रहेको जग्गा सन्धिखर्क मन्च लाईनमा रहेको घरजग्गा नरपानीको विधालयको जग्गाको बिषयमा चासो राखेका थिए कार्यक्रममा पत्रकार महासंघका सभापति सोभाखर पन्थिले मन्तब्य ब्यक्त गर्नु भएको थियोे । 
तस्बिर समाचार सुर्य भुसाल र श्याम घिमिरेबाट