तस्बिरमा अर्घाखाँचीमा एस.एल.सीको दोस्रो दिनको परिक्षा

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) – अर्घाखाँची जिल्लाका १७ वटा केन्द्रमा यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षाको दोस्रो दिन शुक्रबार नेपाली विषयको परीक्षा सामान्यतया शान्तिपुर्ण र मर्यादित तरिकाले सम्पन्न भएको छ। 


सन्धिखर्क स्थित भगवती उ.मा.बि. सन्खेटारी केन्द्रमा

अर्घाखाँची जिल्लाका सन्धिखर्क स्थित श्री भगवती उ.मा.बि. सन्खेटारी केन्द्रमा परीक्षा अनुशासित ,मर्यादित र व्यबस्थित किसिमले संचालन भइरहेको छ । 
तस्बिर: श्याम घिमिरे , अर्घाखाँचीडट्कम

अर्घाखाँची आवासीय उच्च मावि बेलबाटिका केन्द्रमा 
अर्घाखाँची जिल्लाका सन्धिखर्क स्थित श्री अर्घाखाँची आवासीय उच्च माध्यामिक विद्यालय चुत्रावेसी बेलबाटिका केन्द्रमा परीक्षा अनुशासीत, मर्यादीत ,र ब्यबस्थीत रुपमा संचालन भएको साथै परीक्षार्थीलाई आबस्यक पर्ने सम्पूर्ण स्टेशनरी,खानेपानी जस्ता अति आबस्यक सामानहरु कोठाभित्रै ब्यबस्था गरिएको छ ।
तस्बिर: श्याम घिमिरे , अर्घाखाँचीडट्कम

गंगा नि.मा.बि चुत्राबेशी केन्द्रमा

अर्घाखाँची जिल्लाका सन्धिखर्क स्थित गंगा नि.मा.बि चुत्राबेशी सन्धिखर्क केन्द्रमा  परीक्षा अनुशासीत, मर्यादीत ,र ब्यबस्थीत रुपमा संचालन भएको छ ।
तस्बिर: श्याम घिमिरे , अर्घाखाँचीडट्कम

मरेङ स्थित सरस्वती उ.मा.वि. सूर्यथुम केन्द्रमा

एस.एल.सीको आज दोस्रो दिन नेपाली विषयको परीक्षा मरेङ स्थित सरस्वती उ.मा.वि. सूर्यथुम केन्द्रमा स्वच्छ एवम् मर्यादित किसिमले  सम्पन्न भयो । परीक्षाको शिक्षा मन्त्रालयका सह-सचिव डा.लेखनाथ पौडेल लगायतको शिक्षा मन्त्रालयको अनुगमन टोली तथा जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका डिएसपी लगायतको जिल्लाको अनुगमन टोलीबाट समेत अनुगमन गरेको थियो । 
तस्बिर: सरस्वती उ.मा.वि. सूर्यथुम, अर्घाखाँचीडट्कम

पाली  केन्द्रमा 

एसएलसीको दोश्रो दिन नेपाली बिषयको परिक्षा दिनको अर्घाखाँची जिल्लाको पाली  केन्द्रमा स्वच्छ एवम् मर्यादित किसिमले  सम्पन्न भएको छ । 
तस्बिर: राजु खनाल, अर्घाखाँचीडट्कम
यो पनि हेर्नुस्