जातीय समता समाज असुरकोट र खिल्जीको गाँउ भेला सम्पन्न

विनोद गैरे

असुरकोट, अर्घाखाँची  । नेकपा मसालको जातीय समता समाज असुरकोट, अर्घाखाँचीको गाँउ भेला आज असुरकोटमा सम्पन्न भएको छ । 
जातीय समता समाजका जिल्ला अध्यक्ष राम वसुको विषेश उपस्थितीमा सम्पन्न भएको भेलाले राजु वि.कको अध्यक्षतामा ७ सदस्यीय जातीय समता समाज गाँउ समितिको गठन गरेको छ ।  जसको उपाध्यक्षमा गोपाल विक., सचिव रमेस वि.क, कोषाध्यक्ष सालीकराम नेपाली, सदस्यहरु सुनिल वि.क, कृष्ण वि.क र राम बहादुर वि.क रहेका छन् । भेलाले सरेन्दू वि.क, रुक बहादुर वि.क र झग बहादुर परियारलाई सल्लाहारमा चयन गरेको छ । कार्यक्रममा जातीय समता समाजका जिल्ला सचिव प्रेम नेपाली, समाजका वावुराम एस.के. र चेतबहादुर वि.को उपस्थिती रहेको थियो  ।
यसैविच जातीय समता समाज खिल्जी, अर्घाखाँचीको गाँउ भेला आज खिल्जीको बेलवोटमा सम्पन्न भएको छ । 
जातीय समता समाजका जिल्ला अध्यक्ष राम वसुको विषेश उपस्थितीमा सम्पन्न भएको भेलाले नुमलाल वि.कको अध्यक्षतामा ७ सदस्यीय जातीय समता समाज गाँउ समितिको गठन गरेको छ ।  जसको उपाध्यक्षमा देवकला वि.क., सचिव राम बहादुर नेपाली, कोषाध्यक्ष ज्ञान बहादुर सुनार, सदस्यहरु सुमन्त बहादुर सुनार, सिता वि.क र १ स्थान पछि थप गर्ने गरी रिक्त रहेका छन् । भेलाले चेत बहादुर वि.क, र दुर्गा बहादुर सुनारलाई सल्लाहारमा चयन गरेको छ ।
कार्यक्रममा जातीय समता समाजका जिल्ला सचिव प्रेम नेपाली, समाजका वावुराम एस.के. र चेतबहादुर वि.को उपस्थिती रहेको थियो ।