अर्घाखाँचीमा एसएलसीको तेस्रो दिनको परीक्षा शान्तिपुर्ण र मर्यादित तरिकाले सम्पन्न (फोटो फिचर)

डिल्ली राज घिमिरे 

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका १७ वटा केन्द्रमा यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षाको तेस्रो दिन आईताबार अनिवार्य गणितको परीक्षा सामान्यतया शान्तिपुर्ण र मर्यादित तरिकाले सम्पन्न भएको छ। 
अनिवार्य गणित विषयको परिक्षाको दिन प्रमुख जिल्ला अधिकार सुरेन्द्र पौडेल र राष्ट्रीय अनुसन्धान जिल्ला कार्यालय प्रमुख तारा वहादुर कुँवरद्वारा सन्धिखर्क स्थित रहेका भगवती,अर्घाखाँची आवासीय, जनज्योती,गंगा लगायता आधा दर्जन परिक्षा केन्द्रमा एसएलसी परिक्षा अनुगमन भएको छ । 
उहाँका अनुसार जिल्लाका सवै परिक्षा केन्द्रमा नै मर्यादित रुपमा सन्चालित भईरहेको छ । 
यस पटक ०४७२८५९ (W) सरस्वती सुनार दृष्टि विहीन छात्राले अस्मिता भुसाललाई सहयोगी राखेर परिक्षा दिई रहेकी छन भने अर्घाखाँची आवासीय उमावीमा अनिल खनाल ०४७७२९९४”B” को परिक्षार्थीको अनुपस्थित रहेका छन । 
साथै जिल्लाका अन्य केन्द्रमा पनि अनिवार्य गणितको परीक्षा शान्तिपुर्ण र मर्यादित तरिकाले सम्पन्न भएको प्राप्त समाचार उल्लेख छ । 

आज एस. एल. सी. को तश्रो दिन गणित बिषय को परिक्षा दिएर घर फर्कदै एक छात्रा पालीमा । तस्बिर: राजु खनाल, अर्घाखाँचीडट्कम 
– तस्वीर डिल्लीराज घिमिरे/अर्घाखाँची डटकम