अर्घाखाँचीमा ट्राफिक प्रहरीले चेकिङका क्रममा यात्रु, चालकलाई चेतना मूलक प्रशिक्षण दिदै (भिडियो, फोटो सहित )

फुदवाङ नजिक अउलाखोलामा चेकिङ क्रममा यात्रु, चालकलाई प्रशिक्षण दिदै। भिडियो: प्रेम खडका, अर्घाखाँचीडट्कम
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले सन्धिखर्कमा चेकिङ क्रममा यात्रु, चालकलाई प्रशिक्षण दिएको छ ।
प्रहरीले गोरसिङे- सन्धिखर्क सडक खण्डमा पर्ने विभिन्न ठाउँमा गाडी रोक्दै आबश्यक कागजाच चेकिङको  क्रममा चेतना मूलक प्रशिक्षण दिएको हो ।
ट्राफिक प्रहरीले शनिवार सन्धिखर्कको फुदवाङ नजिक अउलाखोलामा यात्रु, चालकहरुका लागि चेतना मूलक कार्यक्रम गरेको थियो ।
 
ट्राफिक नियमको पालना नगर्दा दुर्घटना वढने भन्दै ट्राफिक नियमको पालना गरेर मात्र सवारी चलाउन प्रहरीले चालकलाई आग्रह गरेको छ । ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख रेशम रानाभाटले गाडीमा सवार यात्रु र चालकलाई प्रशिक्षण दिएका थिए । उनले चालकले मुस्कान सहितको सेवा दिन नसकेको भन्दै यात्रुलाई नम्र व्यवहार गर्नुपर्ने बताए ।
उनले चालकले सवारी साधन चलाउदा चप्पलको प्रयोग गर्दा दुर्घटना वढने भन्दै जुत्ताको प्रयोग, गाडीमा धेरै यात्रु सवार नगराउन,  सिटवेल्टको प्रयोग गर्न, साइडलाइट प्रयोग गर्न जोड दिएका थिए ।
यसअघि हालै सरुवा भएर आएका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका नवनियुक्त प्रमुख प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले ट्राफिक ब्यबस्थापनलाई कडा पारिने बताउदै मापसे गरेर सवारी साधन चलाउने ब्यक्तिलाई कुनै हालतमा नछोडिने प्रतिबद्धता जनाएका थिए ।
अर्घाखाँचीमा महिनौ पिच्छे निरन्तर गाडी दुर्घट्ना भईरहेका समाचारहरु आईरहेका छन् ।
तस्बिरहरु: प्रेम खड्का, अर्घाखाँचीडट्कम