गृहयुद्धको चपेटामा परेको सिरियामा राष्ट्रपति बसर अल असदलाई अहिलेसम्म साथ दिंदै आएको अलावी सम्प्रदायका नेताहरुले असदको साथ छोडेका छन् ।
देशमा धार्मिक सहिष्णुता कायम गर्न र धार्मिक दंगा नभड्कियोस भन्ने हेतुले राष्ट्रपति असदको साथ छोडेको उनीहरुले बताएका छन् । अलावी सम्प्रदायका नेताहरुले दस्तावेज नै जारी गरी असदको शासनलाई किनारा लगाएका हुन् ।
सिरियामा गृहयुद्ध शुरु भएदेखि आफूहरुको सम्प्रदायको अस्तित्व समाप्त हुँदै गएको बताउँदै ती सम्प्रदायका नेताहरुले देशमा रहेका विभिन्न सम्प्रदायबीच मतभिन्नता कायम रहेकोले त्यसलाई कम गर्न पनि राष्ट्रपतिको साथ छोड्नुपर्ने बताएका छन् ।
अलावी सम्प्रदायको उदय इराकबाट १० औं शताब्दीमा भएको हो । हाल सिरियामा १२ प्रतिशत अलाबी सम्प्रदायका धर्मावलम्मीहरु रहेका छन् । अलावी सम्प्रदायले साथ छोडेपछि राष्ट्रपति असद संकटमा परेको बताइएको छ । (एजेन्सी)