कृष्ण प्रसाद भुसाल
कतिपय सम्झना तथा स्मृतिका पलहरु समयक्रम सँगै धुमिल हुन्छन र हराएरै जान्छन मष्तिष्कको मेमोरीबाट । तर जिवनका ति स्मृतिहरु जुन आफ्नो जन्मस्थान, बाल्यकाल र जिवन उद्गमसँग साईनो गासीएका हुन्छन सम्भवत जिवनकाल भर मानसपटलमा तरङ्गीत भैरहन्छन । अर्घाखाँची जिल्ला धारापानी गा.वि.स वार्ड नं. ६, ओखरथुम मेरो जन्मभुमी र बाल्यकाल बितेको स्थान । स्कुल सुरुवाती ताकाका दिनहरुमा विद्यालय छाडी चराका गुँड खोज्न डुल्नु, बारुला र अरीङ्गालका गोला पोल्नु, आप, खन्यू, भुटुकका फल रोज्नु, माछा, गगटा छोप्नु र खहरे कुवाहरुमा डुबुल्की मार्नुमा नै स्र्वगीय आनन्द मिल्थ्यो । सिन्कौलीका पात, सल्लाका खोटी, पोलेका मकै, बेलौती, आप सँग साटदा साटदा कापीका पन्ना सिद्धी गाता मात्र बच्दथे भने कमिजका टाक सकीएर आवरा स्टाईल बन्थ्यो । सिकारी नै त थिईन तर गुलेली साथै हुने । एउटा धोबिनीको हत्या र एउटा जुरेली घाईते बनाएको तर हजुरबुवाको हप्की पछि छाडेको थकथकीपूर्ण घटनाको सम्झना बेला बेला छचल्कीरहन्छु । समुन्द्र सतहबाट करीव ९०० मिटर देखी २००० मिटर सम्म फैलिएको धारापानी महाभारत पर्वतको भित्री भागमा अवस्थित समशितोष्ण हावापानी युक्त गाविस हो ।
श्री अन्नपुर्ण प्रा.वी कक्षा ४ मा पढदा गुरुहरु हामीलाई धारापानी ३ र ८ को सिमामा पर्ने मुलमा बनभोज लैजानु भएको थियो । चामल, नुन, तेल, बेसार, अदुवा, खुर्सानी आ-आफ्नो लैजाने खसी मात्र किन्नु पर्ने बनभोज हुने गर्दथे र रु.२५ प्रति व्याक्ती उठाएका थियौ । उक्त हरीयाली, शान्त र रमणीय स्थानमा हामी खुबै रमाएका थियौ । मुल गावीसको मुख्य पानीको मुहान हो जहाबाट ५, ३ र ६ नं. वार्डमा खानेपानीको आपुर्ति हुन्छ । त्यहाको पहरामा विश्वमै दुर्लभ सेतो गिद्धको बासस्थना छ भने आसपासको जंगलमा चितुवा, व्वाँसो, खरायो जस्ता दुर्लभ बन्यजन्तुको बासस्थान छ । कक्षा ५ पढदा भने ठुलाखर्कको रातामाटाका चौरमा बनभोज गयौ जुन लेवासे जंगलको बिचमा अवस्थित खुला मैदान हो । लेवासे ७, ८ र ९ नं. वार्डमा फैलीएको धारापानीको सबैभन्दा ठुलो, घना र विविधतायुक्त वन क्षेत्र हो । तिजु खाने र घर पोत्न रातो माटो ल्याउने शिलशिलामा कयौ पटक दाजु तथा दिदीहरु सँगै म त्यहाको जंगल चाहारेको छु । चितुवा, स्याल, व्वासो, लंगुर, बदेल, मृग, दुम्सी सगै करीव १ सय ५० भन्दा बढी प्रजातीका चराहरुको यहा बासस्थान छ । रातामाटाका चौर पिकनीकमा जादा हराउला साटीएलाकी भनी नङ पालीसले नाम लेखी लगेको थाल नै हराएको थियो, पिकनीक र भैली खाने कार्यक्रममा थुप्रै थाल बटुकाहरु हराउने वा चोरीने गर्दथे । श्री शान्ती मा.वी कक्षा ७ मा पढदा वार्ड नं.१ साना औवल, ढाडमा रहेको गुफा अवलोकन मा गएका थियौ ।
लोपोन्मुख चमेराको बासस्थान त्यस क्षेत्रको अध्ययन पछी रमाईलो गर्दै भेली र पानी खादाको क्षण चाहेर पनि भुल्न गा-हो छ । चिउरी तथा अन्य फलफुलको परागसेचनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने चमेराको विनाश सगै ति फलफुलको उत्पादनमा ह्रास आईरहेको छ । कक्षा ८ मा पढदा घोर्लासीमा हलुवा बनभोज गएका थियौ । धारापानीको अग्लो डाँडा सिउँडेनी, विहीचौर र अर्घाको घोर्लासीका थुप्रै बुट्यान र काडाँघारी छिचोल्दै हिलेको छेडा नजिकै सुस्तायौ र रमाईलो सँग बनभोज खायौ । शितोष्ण हावापानी, शिरशिर हावा बहने गल्छेडो, हिमाली दृश्यावलोकन, लाली गुरासका पुडका वन, टिमुर लगायतका जडिबुटीको घना क्षेत्र तथा जैवीक विविधताको उत्कृष्ट नमुना थारपाईला र यस आसपासको क्षेत्र पर्यापर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र हो । कटालढुङ्गा अर्घाखाँची र प्युठानका भु-भाग देखीने सुन्दर भ्यू प्वाईन्ट मात्र होईन नेपालको पुर्व-पश्चिम बसाई सराई गर्ने शिकारी चराहरुको अध्ययन तथा रैथाने हाड मात्र खाने अनौठो गिद्धको अवलोकनका लागि पनि उपयुक्त स्थान हो । केतुकीका पात वा कापीका पानामा केटा पलस केटीको नाम लेखीदिने वा लेख्ने र साथिभाई माझ जिस्काउने चलन व्यापक थियो । आफु सँग नाम जोडीएका केटी साथीको त आफु मुखै हेर्न नसक्ने आफ्नै मुख रातो हुने, नजिक प-योकी बोली नै नआउने गरी ढुकढुकी बढने आफ्नो स्वभाव नै त्यस्तो की समय हलुवा वनभोजको सम्झना आईरहन्छ । कक्षा ९ मा पढदा खाँकावेशीको स्यालामा बनभोज गयौ । धारापानीको पश्चिमी सिमा भएर बहने यो खोला गावीसको प्रमुख अन्न उत्पादन क्षेत्र हो भने थुप्रै जलचर तथा अन्य वन्यजन्तुको आश्रय स्थल । कैयौ प्रजातीका माछा र उभयचर सगै दुर्लभ पानी ओत, मलाह बिरालो, लोभिपापी गरुडको पनि बासक्षेत्र हो । पौडी खेलेको र सगैका खेतहरुमा खोक लगाएको, हिलो छ्याप्दै रोपाई गरेका ति स्वर्णीम अतितहरु चिरकाल सम्म स्मरणमा रहीरहनेछन । कवीता, सायरी र भावना लेखी फोटो टासीएका ती अटोहरु खोई आज को को साथीहरु सँग सुरक्षीत छन कुन्नी म त त्यती बेला आवस्यक नै ठानीन अहीले कहा खोज्नु र ।
यि त प्राथमीक र माध्यमीक तह अध्ययनको समयमा धारापानीका प्राकृतिक तथा जैवीक विविधता सँग जोडीएका स्मरणहरु भए । पछी म जैवीक विविधताको अनुसन्धान, संरक्षण र दिगो उपयोगको अभियानमा लागिसके पछि धारापानीमा पनि यी स्रोतहरुको सम्भाव्यता अध्ययन गरीयो । हालै मात्र धारापानी, ढाकाबाङ, किमडाँडा, अर्घा, डिभर्ना, बागी, खनदह, हंसपुर र गोखुङ्गा क्षेत्रलाई समेटी चराका लागि महत्वपुर्ण क्षेत्र बनाउनको लागि बर्ड कन्जरभेसन ईन्टरनेशनल सामु अनुसन्धान प्रतिवेदन सहीत प्रस्ताव गरेका छौ । विश्व भर नै चर्चित र महत्वपुर्ण मानिने त्यस्ता क्षेत्रहरु हालसम्म नेपालमा २७ वटा मात्र छन । हामी सँग राष्ट्रिय र अन्तराष्ट्रिय पर्यटक भित्राउने भु-बनोट, भौतीक संरचना र आकर्षण केन्द्रहरु छैनन तथापी ८ र ९ वार्डका केही क्षेत्रको पहीचान गरी आन्तरीक पर्यटकीय स्थलको रुपमा विकशीत गर्न सकिन्छ । ति वार्डहरु बाख्रापालन र जडीबुटी उत्पादनका लागि उपयुक्त भएकोले त्सकालागि जोड दिनुपर्दछ । बाकी वार्डहरुमा भु-बनोट र माटो सुहाउदो पर्यावरण मैत्री खेती प्रणाली तथा अनुकुलीत पशुपालन अपनाउनु पर्दछ । घर घरमा मोटर बाटो पु-याउने नाममा जथाभावी डोजरले पहाड भत्काउदा जैवीक विविधता र प्राकृतिक स्रोतमा पारेको ह्रासको अध्ययन र त्यसको न्युनीकरण गर्नु जरुरी छ ।
अन्त्यमा, कक्षा ८ को सिउडेनी बनभोज जादा पैसा उठाउने म थीए र सम्पुर्ण व्यवस्थापन पछी रु. १८५ बचेको थियो उक्त पैसा हाल सम्म नि म कही कसैलाई फिर्ता गरेको छैन । म यसका लागी क्रणी र क्षमाप्राथी छु । साथै श्री शान्ती मा.वी. का सम्पुर्ण भुतपुर्व विद्यार्थी मेरा अग्रज दाजु दीदीहरु, समकालीन साथीहरु र भाईबहीनीहरुमा अनुरोध छ आउनुहोस यस विद्यालयमा खेली, पढी हुर्कीएका हामी भु. पू. विद्यार्थीहरु एक होउ र यस विद्यालय तथा गावीसको विकासमा आ-आफ्नो स्थानबाट पहल गरौ । यसका लागी विद्यालय मातहत रहने गरी भु. पू. विद्यार्थीको समिती बनाउ र त्यस मार्पmत केही त गरौ । म रु. १८५ को सावा, व्याज र जरीवाना दाखीला गर्न तयार छु ।