पाणिनी क्याम्पस सन्धिखर्कमा नेविसंघ विएड प्रथम र द्रोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको कमिटी गठन

घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची, २४ चैत । भविष्यका कणदार विद्यार्थीहरु एकजुट भएमा देश परिवर्तन गर्न सकिने एक कार्यक्रमका वक्ताले वताएका छन । विद्यार्थी संगठनले राजनिती होईन शैक्षिक सुधार र रचनात्मक काम मार्फत अगाडि वढनुपर्ने वताईएको छ । जहा विद्यालय त्यहाँ नेविसंघ अभियान अन्तगर्त सन्धिखर्कको पाणिनी बहुमुखी क्याम्पसमा नेविसंघका कार्यवाहक अध्यक्ष नेत्रप्रसाद मरासिनीले वताउनुभएको थियो । 
कार्यक्रममा नेविसंघका उपाध्यक्ष सुरज रायमाझीले  विद्यार्थीहरुको हक अधिकार प्राप्तिको निमित्त नेविसघं सधै लागी परेको र २०२७ सालमा स्थापना भएदेखि नेपालमा भएका आन्दोलनमा एक संवाहकका रुपमा महत्वपुर्ण भुमिका खेल्दै आएको र नेविसंघ समाजवाद, लोकतन्त्र र विद्यार्थी एकतालाई आफनो प्रमुख आदर्श वनाएको एक मात्र संगठन भएको हुदाँ भविष्यको सुन्दर सपना वनाएका विद्यार्थीहरुको अधिकार प्राप्ती र सुनिश्चिताको निमित्त सदैव लडिरहने रायमाझीको भनाई रहेको थियो । यस्तै कार्यक्रममा पुर्व जिल्ला अध्यक्ष प्रकाशमणी भट्टराईले  शैक्षिक विकास र भौतिक विकासमा सधै एक सहयात्रीको रुपमा महत्वपुर्ण भुमिका निवार्ह गर्ने र नव गठित समितीले विद्यार्थी सगँ सम्विन्धत सन्देशमुलक कार्यक्रममा सहयोग गर्न समेत तयार रहेको वताउनुभएको थियो । पाणिनी क्याम्पस ईकाई कमिटी अध्यक्ष रुद्रमणी भुसालले विद्यार्थीहरुका हकहितकालागी नेविसंघ सधै तयार रहेको वताउनुभएको थियो । 
    कार्यक्रममा विएड प्रथम वर्षमा ४३ सदस्यीय समिती गठन गरिएको छ, जस्को अध्यक्षमा सुशिल वेल्वासे, उपाध्यक्ष शान्ता आचार्य, सचिव अन्जना रेग्मी, सहसचिवमा प्रदिप आचार्य  र कोषाध्यक्षमा कृष्णा भुसाल रहेका छन,  त्यस्तै विएड द्रोस्रो वर्षमा ११ सदस्यीय समिती गठन गरिएको छ, जस्को अध्यक्षमा विन्दु घिमिरे, उपाध्यक्ष भुवन मुखिया, सचिव सर्मिला घिमिरे र कोषाध्यक्षमा सृजना अधिकारी रहनुभएको छ ।