खिल्जीमा कांग्रेसको जनजागरण अभियान सम्पन्न

प्रेम आचार्य
खिल्जी, अर्घाखाँची २४ चैत ।  अर्घाखाँचीको खिल्जी गाविस  बेलबोटमा  नेपाली कांग्रेस अर्घाखाँचीले संगठन सुदृढीकरणकालागि सञ्चालन गरेको  गाँउ जनजागरण अभियान बुधवार सम्पन्न भएको छ  । 
  १३ महाधीबेसन अन्तर्गत बनेको नँया जिल्ला कार्य समितिले संगठन सुदृढीकरण र  कार्यक्रताको मनोभावना अनुररुप पाटीलाई अगाडी बाउनका  लागि जिल्लाका सबै गाविसमा अभियान सञ्चालन गरेको काग्रेसका जिल्ला सभापति बिष्णु खनाल   ( मुस्कान) ले बताउनु भयो । हरहर काग्रेस , घरघर कांग्रेस भन्ने नाराका साथ सुुरु भएको कार्यक्रम जलुके, सिद्धारा सिमलपानी, ठाडा, सुवर्णखाल, जुकेना, सितापुर , नुवाकोट , असुरकोट गाविसमा सम्पन्न भई आज खिल्जी गाविसमा सकिएको हो ।  
खिल्जीमा भएको कार्यक्रममा मन्तब्य राख्दै काग्रेसका जिल्ला सभापति बिष्णु खनाल (मुस्कान) ले कार्यक्रताको भावना बुझ्ने जनताको माग अनुसार बिकासलाई अगाडी बढाउने उदेश्यले गाँउ जनजागरण अभियान सञ्चालन गरेको बताउनु भयो । 
 कार्यक्रममा काग्रेसका पुर्ब जिल्ला सभापति कमल प्रसाद भुसालले गाँउ अभियानले काग्रेस अझ ससक्तका साथ अगाडी बढ्ने बताउनु भयो । उहाले विकास निर्माणको अभियान अगाडी बढाउन पनि सहयोग पुग्ने बताउनु भयो । 
 कार्यक्रममा  जिल्ला सचिब छबिलाल पौडेल, महासमिति सदस्य सुर्य अधिकारी, क्षेत्रीय सभापति अच्युत गौतम, जिल्ला सदस्य माधब पौडेल, प्रेम नारायण बेल्बासे, संगिता बेल्बासे लगायतले मन्तब्य राखेका थिए । 
काग्रेस खिल्जी गाविसका सभापति बिनाराम गैरेकोे सभापतित्व, शंकर श्रेष्ठको सञ्चालन   र झबिलाल भण्डारीको स्वागत मन्तब्यमा  सम्पन्न भएको थियो ।  
विहिबार ढिकुरा गाविसमा जनजागरण कार्यक्रम सम्पन्न गरिने काग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमले बताउनु भयो । 

अन्य समाचारहरु