अड्गुरीमा वार्षिक उत्सव तथा ततिजा प्रकासन कार्यक्रम सम्पन्न

 अड्गुरी स्थित भन्ज्याङ बजार । फाइल फोटो 

 विनोद गैरे 
अड्गुरी, अर्घाखाँची । नेशनल प्यावसन अर्घाखाँचीसंग आवद्ध रहेको अड्गुरी एजुकेसन एण्ड सउल डेभलपिङ्ग वोर्डिङ्ग स्कुल अड्गुरी-३, अर्घाखाँचीको १६औ वार्षिक उत्सव, वार्षिक नतिजा प्रकासन तथा पुरस्कार वितरण कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष विजयराज पौडेलको सभापतित्व, नेशनल प्यावसनका अर्घाखाँचीका जिल्ला सचिव तिलकराम भट्टराईको प्रमुख आथित्यता, सन्धिखर्क ग्रिन इङ्गलिस वोडिङ्ग स्कुलका सह-प्राचार्य नारायण प्रसाद भुसालको विशिष्ट आथित्यतामा र स्थानिय अभिभावहरुको बृहत सहभागितामा सम्पन्न भएको थियो । 
कार्यक्रमको उद्घाटन गर्दै नेसनल प्यावसन अर्घाखाँचीका सचिव तिलकराम भट्टराईले शिक्षाको गुणस्तरियतामा नेशनल प्यावसन आफ्ना सम्पूर्ण अभिभावक संग सदैभ होस्टेमा हैसे गर्दै अगाडी वढेको र आगामी दिनमा पनि कुनै कसुर वाँकी नराख्ने भन्दै नेशनल प्यावसनलाई केन्दै्र सम्म पहिचान गराउन यस वोर्डिङ्गको महत्पवपूर्ण भुमिका रहेकोले वोडिङ्गको खुलेर प्रसंसा गरेको थिए । विशिष्ट अतिथि नारायण प्रसाद भुसालले आगामी दिनमा हामीहरु विचको सामिप्यता अझै प्रगाढ हुदै जानेमा विश्वास दिलाउदै गुणस्तरीयतामा यस वोर्डिङ्गको स्थान अग्रस्थान रहेकोले अभिवावकलाई निसंकोच आफ्ना नानीवावुहरुलाई विद्यालयमा पठाउन आग्रह गरेको थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल बेदराज बेल्वासेले आर्थिक वर्ष २०७१/७२को आय व्यय प्रस्तुत गर्दै सम्पूर्ण उर्तिण छात्रा छात्राहरुलाई बधाई दिदै विद्यालयको गुणस्तमा आफुहरु अहिले सम्म कुनै कोणवाट नचुकेको र आगामी दिनहरुमा पनि यसलाई अझै प्रभावकारी ढंङ्गले लैजान अभिभावकहरुको साथ र सर्मथनको खाचो भएकोले सबैसंग हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 
कार्यक्रममा विद्यालय संरक्षण समितिका अध्यक्ष सुसिल खनाल, विद्यालय व्यवस्थापन समितिकी सदस्य लक्ष्मी महत्रा, शिक्षक प्रतिनिधि जिवन गैरे, शिक्षक अभिभावक संघका कैसिल्या सुवेदी लगायतले आ-आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम विद्यालयकी सिक्षिका दुर्गा पौडेलको स्वागत साथै विद्यालयका शिक्षक भेषराज अधिकारीको संचालनमा सम्पन्न भएके थियो ।