जुकेनामा भीषण आगलागी, दुई घर पूर्णरुपमा जलेर नष्ट

( पहिलो प्रकासित मिती: २०७२ चैत्र २५, विहीवार)
जुकेना, अर्घाखाँची (अर्घाखाँची डट्कम)। अर्घाखाँची जिल्लाको जुकेनामा भीषण आगलागी भएको छ । 
जुकेना – ८ को कलामकोट स्थित वनमा लागेको आगो सल्केर आगलागी हुँदा दुई घर-गोठ पूर्णरुपमा जलेर नष्ट भएका छन् ।  जुकेना करापु सामुदायिक जंगलमा शुक्रबार लागेको आगो सोही ठाउँ बस्ने प्रेमबहादुर नेपाली र खिमबहादुर बि.क.को घरमा समेत सल्कर आगालागी हुँदा नेपालीको करीब ४ लाख रुपैयाँ र बि.क.को करीव १ लाख ५० हजार नगद तथा ३ तोला सुनका गहनासमेत जलेर करीब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
आगलागी हुँदा घरमा रहेका लत्ताकपडा, अन्नपात र अन्य जिन्सी सामान जलेर क्षति भएको छ । दमकल आएता पनि आगलागी भएको स्थान दुर्गम हुनाले पुग्न सकेन । साथै यस स्थानमा पानीको समस्याले गर्दा आगो निभाउन समस्या परेको थियो । अन्त्यमा स्थानिबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 
गर्मी महिना सँगै अर्घाखाँचीमा आगलागीका घटना बढेको देखिन्छ ।