धातिवाङ्गमा तरकारी र बाख्रापालन व्यवसायवाट वार्षिक २० लाख आम्दानी, गरे सम्भव छ भन्ने उदाहरण हुन पौडेल

घनश्याम पौडेल
धातिवाङ्ग, अर्घाखाँची । अर्घाखाँची जिल्लाका कृषकहरुको निम्ति तरकारी खेती आजभोली आम्दानीको बलियो श्रोत बन्दै गएको छ । कम लगानी र थोरै मेहनतबाट पनी मनग्य आम्दानी भएपछि यहाका कृषकहरु तरकारी खेतीमा आकर्षित भई मनग्य आम्दानी गर्ने बलियो आम्दानीको श्रोत बन्न पुगेको छ  । 
कृषक वुद्धिराम पौडेल आलुखेतीमा झार गोडमेल गर्दै तथा आलु खेती । तस्विर: घनश्याम पौडेल,  अर्घाखाँचीडट्कम
५ वर्ष यता जिल्लाको सदरमुकाम सन्धिखर्कका अतिरिक्त गाउँ गाउँमा व्यवसायीकरुपमा तरकारी खेती गरिदै आएको छ । कृषकहरुले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरी त्यसको विक्रिबाट मनग्य आम्दानी गर्न थालेका छन्  जिल्लामा तरकारी खेतीबाट वार्षिक ५० हजार देखि ५ लाख सम्म आम्दानी गर्ने कृषकहरु कम्तिमा तीन सय भन्दा बढी रहेको जिल्ला कृषि बिकास कार्यलय अर्घाखाँचीले बताएको छ ।
जिल्लाको  धातिवाङ्गमा वाझिदै आएको २० रोपनी जग्गामा व्यवसायिक रुपमा  विगत २ वर्ष अगाडी देखी नै लहरे कृषि तथा पशुपालन फर्म दर्ता गरी तरकारी खेती, बाख्रापालन व्यवसाय गर्न लागेका युवा वुद्धिराम पौडेल हुन । आफै नगरेसम्म अरुलाई मुखले भनेर मात्र हुँदैन परिवर्तन आफैबाट गर्नुपर्छ भन्ने मान्यताका साथ गाडी चलाउदा चलाउदै डाईभर पेशालाई छोडिे आफूले गरे अरुले पनि गर्छन् भन्ने ठानेर तरकारी खेती र बाख्रापालनमा लागेको र मनग्य आम्दानी गर्न सफल भएको वताए ।  
कृषक वुद्धिराम पौडेल आलुखेतीमा झार गोडमेल गर्दै तथा आलु खेती । तस्विर: घनश्याम पौडेल,  अर्घाखाँचीडट्कम
 युवाहरुको विदेश पलायन र जागिर मात्र गर्नुपर्छ भन्ने धारणालाई परिवर्तन गर्न र आफूले गरेपछि अरुपनि कृषि पेसामा लाग्न सक्छन् भन्ने सोचका साथ तरकारी र बाख्रापालनमा लागेको उनको भनाई रहेको छ । उनले अहिले आलु खेतिवाट मात्रै राम्रो आम्दानी भएको वताए । अहिले  ५० कुईन्टल आलु उत्पादन  हुने उनले वताए, गत वर्ष ३५ कुईन्टल उत्पादन भएको वताए । उनले आलु खेती विउ उत्पादनका लागी तयार गरिएको र भण्डारणका लागी भैरहवा कोल्ड स्टोरमा लगिने विउ लगाउने समयमा आफनै जिल्लामा विउ विक्री गरिने पौडेलले वताए । गत वर्ष २० कुईन्टल  सन्धिखर्कवाट विक्री भएको र १५ कुईन्टल आफनै गाविसमा स्थानिय कृषक तथा व्यवसायिक कृषिपालन गरेका अन्य युवाहरुले लगाएको पौडेलको भनाई रहेको छ ।
भाडामा लिएको २० रोपनी जग्गामा अहिले आलुको साथसाथै अन्य तरकारीहरुमा प्याज, बन्दा, टमाटर, साग, लसुन खेती बारीमा रहेका छन । उत्पादन भएको तरकारी स्थानीय बजार, सदरमुकाम सन्धिखर्क र बुटबलका सब्जी पसलमा बिक्री हुने गरेको पौडेलको भनाई रहेको छ । 
उनले वार्षिक रुपमा तरकारी खेतीबाटै १० देखि १२ लाख आम्दानी हुने गरेको बताएका  छन । परिश्रम गरे यँहिको माटोमा सुन फलाउन सकिन्छ भन्ने मान्यताका साथ सुरु गरेको व्याबसायले अहिले सोचे भन्दा पनि बढि फाइदा दिएको पौडेलको भनाईरहेको छ । 
तरकारी खेती मात्र हैन उनले बाख्रापालन पनि सँगसँगै अगाडी बढाएका छन ।  बाख्रा पनी पालेका छन बाख्रावाट मात्रै मासिक चालिस हजारको दरले कमाई भएको, र वार्षिक ७ देखि ९ लाख कमाई हुने वताए । 
४-५ वर्ष पहिलेसम्म बाहिरी जिल्लाबाट प्रत्येक दिन ट्रकका ट्रक तरकारी आयात गरिने यस जिल्लाबाट २-३ वर्ष यता विक्रिका लागि तरकारी गुल्मी , पाल्पा, बुटबल र कपिलबस्तुको कृष्णनगर समेत पठाउने गरिएको छ । 
तरकारी खेतीबाट राम्रो आम्दानी भएपछि जिल्लाका युवाहरुको पनि तरकारी खेतीमा  आकर्षण बढेको छ । बेरोजगार युबाहरुमात्र होईन सरकारी जागीर, शिक्षण पेशा र बैदेशिक रोजगारमा गएकाहरु पनी आफ्नो पेशा छोडेर तरकारी खेतीमा लागेका छन् ।  आफै नगरेसम्म अरुलाई मुखले भनेर मात्र हुँदैन परिवर्तन आफैबाट गर्नुपर्छ भन्ने मान्यताका साथ सहकारीको सहयोगमा युवाहरुले कृषिवाट नै मनग्य आम्दानी गर्न सफल भएका छन । युवाहरुको विदेश पलायन र जागिर मात्र गर्नुपर्छ भन्ने धारणालाई परिवर्तन गर्न र आफूले गरेपछि अरुपनि कृषि पेसामा लाग्न सक्छन् भन्ने सोचका कृषिपालन गर्न थालेको उनीहरुकोे भनाई रहेको छ । आफनै गाउँठाउँमा पनी राम्रो कमाई गर्न सकिन्छ, राम्ररी व्यवसायीकरण बनाएर खेती गर्ने हो भने अर्घाखाँची जिल्लालाई कृषि क्षेत्रमा उत्कृष्ट बनाउन सकिन्छ ।