धनचौरमा कांग्रेसको जनजागरण अभियान सम्पन्न

धनचौर लगायत । फाइल तस्बिर 
प्रेम आचार्य
धनचौर, अर्घाखाँची २६ चैत ।  अर्घाखाँचीको धनचौरमा  नेपाली कांग्रेस अर्घाखाँचीले संगठन सुदृढीकरणकालागि सञ्चालन गरेको  गाँउ जनजागरण अभियान आज सम्पन्न भएको छ  ।
  १३ महाधीबेसन अन्तर्गत बनेको नँया जिल्ला कार्य समितिले संगठन सुदृढीकरण र  कार्यक्रताको मनोभावना अनुररुप पाटीलाई अगाडी बाउनका  लागि जिल्लाका सबै गाविसमा अभियान सञ्चालन गरेको काग्रेसका जिल्ला सभापति बिष्णु खनाल   ( मुस्कान) ले बताउनु भयो । हरहर काग्रेस , घरघर कांग्रेस भन्ने नाराका साथ सुुरु भएको हो । 
ध्नचौरमा भएको कार्यक्रममा मन्तब्य राख्दै काग्रेसका जिल्ला सभापति बिष्णु खनाल (मुस्कान) ले कार्यक्रताको भावना बुझ्ने जनताको माग अनुसार बिकासलाई अगाडी बढाउने उदेश्यले गाँउ जनजागरण अभियान सञ्चालन गरेको बताउनु भयो ।  
कार्यक्रममा काग्रेसका पुर्ब जिल्ला सभापति कमल प्रसाद भुसालले गाँउ अभियानले काग्रेस अझ ससक्तका साथ अगाडी बढ्ने बताउनु भयो । उहाले विकास निर्माणको अभियान अगाडी बढाउन पनि सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा  जिल्ला सचिब छबिलाल पौडेल, क्षेत्रीय सभापति अच्युत गौतम, जिल्ला सदस्य माधब प्रसाद पौडेल , लेखनाथ पाण्डे  कांग्रेस स्थानीय नेताहरु मानबहादुर रायमाझि धर्मराज भट्टराई  शालिकराम भट्टराई , गोबिन्द भटराई लगायतले मन्तब्य राखेका थिए ।
काग्रेस धनचौर गाविसका सभापति हेमराज भटराईको सभापतित्व, रेमलाल भटराइको  स्वागत   र धर्मराज धटराई सञ्चालनमा सम्पन्न भएको क्षेत्रीय सभापति अच्युत गौतमले बताउनु भयो ।