ढिकुराको चरेपानीमा भरुवा बन्दुकको गोली लागेर एक युवाको मृत्यु, फरार बन्दुक चलाउनेको खोजी जारी

चरेपानी लगायत ।  फाइल तस्बिर 
ढिकुरा, अर्घाखाँची ( अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको ढिकुरा गाविसमा भरुवा बन्दुकको गोली लागेर एक जना युवाको मृत्यु भएको छ । शुक्रबार राती ढिकुरा गाविस वार्ड न. ७ चरेपानीमा भरुवा बन्दुकको गोली लागेर स्थानीय १८बर्षिय केसबहादुर तङ्गनामी मगरको घटनास्थलमै मृत्यु भएको हो ।  ३५ बर्षिय डेम बहादुर गुरुङले बोकेको बन्दुकको गोली लागेर मगरको ज्यान गएको हो । घटना लगतै बन्दुक चलाउने गुरुङका सबै परिवार फरार रहेका छन् । उनिहरु सबैको खोजी भैरहेको छ । राती नै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक पौडेलको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो ।   घटना बारेमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । 
अर्जुन भुसाल
ढिकुरा, अर्घाखाँची ।  जंगलमा सिकार खेल्न गएका ढिकुराका एक युवाको आँफूसँगै सिकार खेल्न गएका अर्का व्यक्तिले चलाएको गाली लागेर मृत्यु भएको छ। ढिकुरा ७ जंगलेटोलका ३५ वर्षीय डेमबहादुर गुरुङले चलाएको गाली लागेर सोही ठाउँका १८ वर्षीय केशबहादुर थापाको मुत्यु भएको हो।
 
सिकार खेल्दा नभइ गुरुङले थापाको जानजान हत्या गरेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्। उनीहरु शुक्रबार साँझ घर नजिकैको जंगलमा सिकार गर्न भन्दै गएका थिए । राति करिव साढे आठ बजे गुरुङले चलाएको गाली लागेर थापा ढलेका थिए । गोली चलेको खबर पाएपछि प्रहरी घटना स्थल पुगेको थियो। प्रहरी घटना स्थल पुग्दा गुरुङसहित उनको परिवार फरार थियो । आमा, श्रीमती, दुई छोराछोरी र बहिनीसहित उनी फरार छन्। भाइ किरणलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी नायव उपरिक्षक नवरत्न पौडेल, प्रहरी निरीक्षक सुजनकुमार राजभण्डारीसहित १९ जना प्रहरीले शुक्रबार रातभर गाउँ र नजिकैको जंगलमा खोजतलाजी गरेपनि अभियुक्त गाउँबाट अन्यत्रै भागेकाले पक्राउ परेनन् । प्रहरी नायव उपरिक्षक पौडेलले जिल्लाबाट बाहिरी जिल्ला जाने सबै नाकामा जेकजाँच कडा पारिएकाले छिट्टै पक्राउ गर्ने बताए। ‘सबैतिर प्रहरी परिचालित छन, उनले भने, ‘अभियुक्तलाई उम्कन दिदैनौं।’ उनले घटना घटाउनेको सबै परिवार एकै ठाउँमा लुकेर बसेको हुन नसक्ने बताए । ‘घरको एउटा मात्र सदस्यलाई पक्राउ ग-यौं भने पनि उसलाई पत्ता लगाउन सजिलो हुने थियो’, उनले भने। उनले भरुवा बन्दुकको लाइसेन्स भए-नभएको बारेमा पनि अनुसन्धान थालिएको बताए। पौडेलले अभियुक्त पक्राउ नगरी अन्जानको घटना वा हत्या के हो यसै भन्न नसकिने बताए । ‘घटनाको प्रकृति हेरेर भन्न सक्ने अवस्था छैन’, उनले भने, ।
मृतक केशबहादुरले घरमा बुबाको रेखदेख र पालनपोषण गर्थे। आमाको सानैमा निधन भएको थियो। दुई दाइहरु रोजगारीको शिलशिलामा भारतमा छन्। तीन भाइ मध्ये एकजनाले बुबाको रेखदेख गर्ने गरी उनीहरु पालैपालो रोजगारीमा जान्थे। अहिले उनले घर व्यवहार सम्हाल्दै आएका थिए । गुरुङ र थापा एक आपसमा निकै मिल्ने भएकाले हत्या नै हो भन्न सक्ने अवस्था नरहेको स्थानीय सुरज रायमाझीले बताए । घटना घटाउने गुरुङ रोजगारीका लागि दुवई गएपनि काम राम्रो नभएपछि दुई महिनामै फर्केर घर आएका थिए । 
ढिकुरा ।  फाइल तस्बिर