राजमो अर्घाखाँचीको नरपानी-खाँचीकोट चुनढुङ्गा उत्खनन् विषयक अन्तरकृया कार्यक्रम सम्पन्न (फोटो फिचर)

विनोद गैरे
नरपानी, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीको आयोजनामा नरपानी-खाँचीकोट चुनढुङ्गा उत्खनन् र त्यसका दुष्परिणामहरु विषयक बृहत अन्र्तक्रिया कार्यक्रम नरपानीमा सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीका उपाध्यक्ष पशुपति ढकालको अध्यक्षता र राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झविलाल थापाको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सल्लाहाकार यमलाल पोख्रेल, राष्ट्रिय जनमोर्चा लुम्विनी राप्ती क्षेत्रिय उपाध्यक्ष शेर बहादुर वि.सी, ने.क.पा मसाल अर्घाखाँचीका प्रवत्ता थम्मन के.सी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौ) का केन्द्रिय अध्यक्ष अनिल किसोर घिमिरे, नेपाली काग्रेसका हिम्मत बहादुर टण्डन, ने.क.पा एमालेका जिल्ला सदस्य मोतिजङ्ग रायमाझी, ने.क.पा माओवादीका सचिवालय सदस्य योगेन्द्र चौहान, नयाँ शक्तिका अभियान्ता पूर्ण श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका टोप बहादुर चेवाली, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष कल्पना पोख्रेल, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष शोभाखर पन्थी, प्रगतिसिल पत्रकार संघ नेपालका जिल्ला अध्यक्ष विनोद गैरे, अखिल नेपाल शिक्षक संघका टेक बहादुर थापा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला अध्यक्ष प्रदिप नेपाली, रक्तिम सास्कृतिक अभियानका विष्णु के.सी, अर्घाखाँची टेलिभिजनका प्रेम बहादुर खड्का लगायत विभिन्न तह र तप्काका सरोकारवालहरुको वाक्लो उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।   
  
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झविलाल थापाले संसारमा हरेक बस्तु मानवले निर्माण गर्न सक्ला तर प्राकृतिक सौन्दर्यताले भरिपुर्ण यस्ता महाभारत श्रृखला, तिनपानेको लेकजस्ता प्राकृतिक धरोहर वनाउन कदापी नसक्ने हुदा यि सुन्दर पहाड संरक्षण गर्नु हाम्रो दायित्व रहेको भन्दै राष्ट्रिय जनमोर्चा कुनै राजनैतिक स्वार्थले नभई वातावरण संरक्षणका लागि संघर्ष गरिरहेकोले सबै राजनैतिक दलहरुले राजनैतिक आस्था र विचार जहा भएपनि जिल्लाको दिर्घकालीन भविश्य र दिगो पर्यटन विकासको लागि सदाका लागि चुनढङ्गा उत्खनन् कार्य रोक्ने कार्यमा होस्टेमा हैसे गरेर अगाडी बढ्नुको विकल्प नभएको वताएका छन् । ने.क.पा (मसाल)का प्रवत्ता थम्मन केसीले पुर्खाहरुले नेपालको अस्तित्व जोगाउन भोकै प्यासै १५ दिन सम्म कालापानी र नालापानीको युद्ध गरेको स्मरण गर्दै नर्तनान्चल जोगाउन त्यस्तै किसिमको आन्दोलन गर्न आवश्यक परेमा पनि आफुहरु पछाडी नहट्ने भन्दै आन्दोलनको आधी वेहरीको आवश्यकता परेमा पनि मानसिक रुपमा तैयार हुन उपस्थित जनसमुदायहरुलाई  आग्रह गरेका थिए । 
नेपाली काग्रेसका प्रभावसाली नेता हिम्मत बहादुर टण्डनले आफुले सदैव सदाका लागि चुनढुङ्गा उत्खनन् बन्दहोस भन्दै विभिन्न निकायहरुको ध्यान आकर्षण गराईराखेको र नर्तनान्चल पर्वत र तिनपाने लेक विश्वमै दुर्लव हुदै गईरहेका बहुमुल्य जडिबुटीको भण्डार भएकोले जुनसुकै मुल्य चुकायर भएपनि यसलाई जोगाउनु हाम्रो कर्तव्य रहेकोले राष्ट्रिय जनमोर्चाको यो आन्दोलनमा सदासर्वदा साथ दिईराखेको र आगामी दिनमा पनि निरन्तर सहयोग र सर्मथन जारी रहने वतायका थिए । चुनढुङ्गा सघर्ष समितिका अध्यक्ष पिताम्वर खासुले आगामी पिडिलाई यी प्राकृतिक सम्पतिहरु जस्ताको तस्तै सुम्पीनु हाम्रो दायित्व र कतत्व्य रहेकोले महाभारत श्रृखलाका साथै निपाने लेकमा भईरहेको उत्खनन् कार्य सदाका लागि रोक्न दलिय स्वार्थ भन्दा माथी उठी सघर्षको मैदानमा होमिन सबैलाई आग्रह गरेका थिए । पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष शोभाखर पन्थीले स्थानिय प्राकृतिक सम्पदा जोगाउने फैसला स्नानीयको भएकोले यहाको प्राकृतिक सम्पदा माथि कसैले गिद्धेदृष्टि लगाउने अधिकार नभएको जिकिर गर्दै जनचाहाना विपरित सिमित व्यक्तिहरुले चाहेर मात्र चुनढुङ्गा संचालन हुन नसक्ने र चुनढुङ्गा सदाका लागि बन्दको विकल्प नभएको भन्दै आफुहरु यो आन्दोललाई सहयोग र सर्मथन गरिरहने प्रतिवद्धता जाहेर गरेका थिए ।
कार्यक्रम जनमोर्चाका स्थानीय नेता पूर्ण बहादुर चुदालीको स्वागत  साथै राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीका सचिव गोपाल पौडेलको सञ्चालन सम्पन्न भएको थियो ।
तस्बिरहरु: विनोद गैरे, प्रेम खड्का