उत्तर कोरियाद्वारा ब्यालेष्टिक मिसायलका लागि डिजाइन गरिएको एक इञ्जिनको सफलतापूर्वक परीक्षण

उत्तर कोरियाले इन्टरकन्टिनेन्टल ब्यालेष्टिक मिसायलका लागि डिजाइन गरिएको एक इञ्जिनको सफलतापूर्वक परीक्षण गरेको दावी गरेको छ ।
अमेरिकासम्म परमाणु आक्रमण गर्नसक्ने क्षमता रहेको यो नयाँ ढंगको इञ्जिन भएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ । परीक्षण कोरियाली नेता किम जोङ उनको उपस्थितिमा गरिएको थियो ।
मार्चमा मात्र उत्तर कोरियाले ब्यालेष्टिक मिसायलमा फिट गरेर प्रहार गर्न सक्ने छोटा परमाणु हतियार तयार गरेको दावी गरेको थियो ।
जनवरीमा परमाणु परीक्षण गरेको उत्तर कोरियाले फेब्रुअरीमा एक उपग्रहको प्रक्षेपण गरेको थियो । उत्तर कोरियाको यस कदमप्रति अन्तर्राष्ट्रिय स्तरमा कटू आलोचना भएको थियो भने त्यसैको परिणाम ऊमाथि आर्थिक नाकाबन्दी गरिएको छ । (एजेन्सी)