पटौटीको विद्यालय भवन निर्माण कार्यमा ढिला सुस्ती

                                                                                                        कुडापानी पटौटी । फाइल तस्बिर

कृष्ण परियार 
पटौटी, अर्घाखाँची । विद्यालयको भवन निर्माण समितिले आफुखुसी विद्यालयको भवन  निर्माण गर्न खोज्दा अर्घाखाँचीको पटौटी ७ स्थित सारदा प्राविको भवन निर्माण कार्यमा ढिला सुस्ती भएको  छ । जिल्ला शिक्षा कार्यालयले गरेको डिजाईन विपरित भवन निर्माण गर्न खोज्दा भवन निर्माण हुन नसकेको स्थानिय बासिन्दाले बताएका छन् । स्थानिय बासिन्दाले भवन निर्माणको दोष समितिका अध्यक्ष दुर्गा प्रसाद अधिकारीलाई लगाएका छन् । तर अध्यक्ष अधिकारीले भने आरोपलाई निराधार भएको बताएका छन् । उनले भने  ट्रस्टको पोल डिजाईन भन्दा केहि छोटो भएकाले फेरि बनाउन लगाईएको छ । भवन बनाउनु पहिले सम्झौता भएका अन्य विद्यालयले निर्माण सुरुवात नगरेको अवस्थामा आफुहरुको ढिलो सम्झौता भएपनि निर्माण कार्य भने सुरु गर्न लागेको उनले बताए । 
  दुई कोठे भवन निर्माणको लागी जिल्ला शिक्षा कार्यालय अर्घाखाँची बाट १३ लाख ५० हजार छुट्टाईएको छ । जिल्ला शिक्षा कार्यालयले उपल्ब्ध गराएको भवनको डिजाईन भन्दा फरक डिजाईन भएकाले  निर्माण कार्य सुरु गर्न ढिला भएको शिक्षक तुल्सीराम गैरेले स्विकारेका छन् । उनले भने जिशिकाले गरेको डिजाईन संग मेल खाने ट्रस्ट बनाउने कम्पनीले फेरि बनाएर  ल्याउछु भनेको छ भवनको नक्सा अनुसार ट्रस्ट तयार भएपनि केहि समस्या देखिएकोले भवन निर्माण सुरु गर्न नसकिएको हो । डिजाईन अनुसार काम नहुदा निर्माणमा ढिलो हुने भयो गैरेले भने प्राविधिक कुरा सवै हामीलाई थाहा भएन डिजाईन फरक भयो उनले ट्रस्टको लागी जिम्मा लिएको कम्पनीले छिट्टै काम पुरा गर्ने  प्रतिवद्धता दिएको बताए ।  ट्रस्ट राखेर २ कोठे भवन बनाउन लागिएको हो जुन भवन ईट्टाको गाह्रो लगाई पलाष्टर गरिने छ । 
असार मसान्त भित्र भवन निर्माणको काम सक्नु पर्ने हुन्छ । यदि भवन निर्माण संपन्न हुन नसकेमा बजेट फ्रिज हुन्छ । भवन निर्माण कार्य छिट्टै सुरु हुने उनले बताए । उता जिल्ला शिक्षा कार्यालयका साईड ईन्जिनियर रेश्मीराज आचार्यले भने हामीले उपलब्ध गराएको डिजाईन भन्दा फरक भएकाले भवन बनाउनको लागी स्विकृत दिन नमिलेको बताए । आफुखुसी निर्माण गर्न थाल्नु भएछ फिल्डमा जाँदा डिजाईन अनुसार नभएको थाहा पाए आचार्यले भने डिजाईन अनुसारको ट्रस्ट बनाउन भनिएको छ । 
चैत्रको पहिलो हप्ता विद्यालयमा पुगेको प्राविधिक टोलीले डिजाईन भन्दा फरक परेकोले डिजाईन अनुसार नभएसम्म निर्माण कार्य अघि नबढाउन निर्देशन दिएको थियो । विद्यालयको भवन समयमै निर्माण हुन नसक्दा विद्यार्थी हरुको अध्ययन प्रभावित हुने देखिएको छ भने असार मसान्त सम्म निर्माण कार्य संपन्न गर्न नसके बजेटनै फ्रिज हुने खतरा समेत बढेको छ । त्यसैले भवन निर्माण कार्यलाई तत्काल अघि बढाउन सके सवैको भलो दखिन्छ । 
पटौटीको एक कार्यक्रममा । फाइल तस्बिर