सिमलपानीमा भिषण आगलागी,आगोले झन्डै १६ घर गोठ जलेर नष्ट

प्रभाकर मावी, सिमलपानी लगायत । फाइल तस्बिर  
 
सिमलपानी, अर्घाखाँची (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको सिमलपानीमा भिषण आगलागी भएको छ । 
आज शनिबार दिउसो ३ बजे देखि सिमलपानी – ८ जौबारी स्थित ससीधर भाट क्षेत्रिको घरबाट लागेको आगोले १० घर र ६ गोठ गरी १६ घर जलेर नष्ट भएका छन् । 
आगलागीबाट अन्नपात, भाडाबर्तन, लत्ताकपडा र अन्य सरसमान गरी लाखौं मुल्य बराबरको धनमाल क्षति भएको छ । मानविय क्षेती भने भएको छैन । 
राती अवेरासम्म  आगलागी नियन्त्रणमा आउन सकेको छैन ।  
स्थानियको जानकारी पछि आगलागी नियन्त्रणका लागि  नेपाल प्रहरी, नेपाली सेना सहितको टोली ठाडाबाट पुगेको छ । स्थानियबासीले  प्रहरीलाई फोन गरी समय मै जानकारी गराएका भएता पनि उनिहरु धेरै ढिला गरेर गएका थिए ।  
हावाहुरी चलेकाले आगो नियन्त्रणमा लिन कठिनाई भएको  बताइएको छ । 

आगलागीको संभावना ध्यान दिनुपर्ने कुराहरु 

अब दिन दिनै गर्मी बढ्दै छ । गर्मीको समयमा आगलागीको संभावना बढि नै हुन्छ । त्यसैले आगलागी हुन नदिन निम्न कुरामा ध्यान दिनु जरुरी छ।
-खाना पकाउन वा आवशयक काममा आगोको प्रयोग होसियारीका साथ गर्नु पर्छ ।
-केटाकेटीलाई आगो प्रयोग गर्नबाट रोक्नु पर्छ ।
-सलाइ, लाइटर, मट्टीतेल, पेट्रोल, डिजेल जस्ता आगोले सजिलै सल्किने वस्तु सुरक्षित राख्ने र बालबालिकाले नभेट्ने गरी राख्ने ।
– हुरीबतास चलेको समयमा आगोको प्रयोग नगर्ने ।
-आगोको प्रयोग गरीसकेपछि अगेनु, चुलो वा आगो बालेको ठाउँमा राम्ररी पानी लगाएर आगो पूरा निभाउने ।
-चुरोट, बिँडी, सुर्ती आदि सल्काएर खाँदै नहिँड्ने वा खाँदै नखाने, खाएमा राम्ररी निभाएर मात्र त्यसका ठूटा फाल्ने ।
-वनजङ्गल छेउछाउ आगो नबाल्ने र वनमा आगो नलगाउने । 
– आगो वा टुकी बाल्दा घरको छानो वा प्रज्वलनशील पदार्थको नजिक नबाल्ने ।
आगलागी भइहाले के गर्ने ?
-आगलागी भएको जानकारी गाउँसमुदाय सम्म राम्ररी पुग्ने गरी कराउँदै वा सिट्ठी फुकेर जनसहभागिता जुटाऊ ।
-आगो फैलन नपाउँदै नियन्त्रणमा तत्कालै जुटौं।
-आगलागी नियन्त्रण गर्ने स्रोत, साधनको सही रूपमा उपयोग गरौं ।
-उपलब्ध जनशक्तिलाई लाइनबद्ध गरी पानी, हरिया बोटबिरुवा, बालुवा, माटो जस्ता वस्तु एकले अर्कामा हस्तान्तरण गर्दै आगलागी भएको स्थान सम्म लैजाऔं ।
– सबैले सहयोगको भावनाले काम गरौं ।
-स्रोत साधन नभएका स्थानमा छेउछाउमा आगो बढ्न नदिनु नै आगो नियन्त्रणको सफलता भएकाले त्यसतर्फ ध्यान दिऊँ ।
-आगलागीमा परेका मानिसलाई सम्भव भए अवस्था अनुसार कुदेर, पल्टँदै वा अन्य सुरक्षित तरिकाबाट बाहिर निक्लन लगाऔं 
-आगोको घेराबाट निक्लन सम्भव नभएका पीडितलाई पानीले भिजेको कपडा दिने, प्रयोग गर्ने र त्यस्तो कपडा शरीरमा बेरेर बाहिर निकाल्न सहयोग गरौं। 
– शरीर वा लुगामा आगो सल्किहालेमा आत्तिएर दौडिने, भाग्ने गरौं बरु रोकिएर भुइँमा पल्टिनु, लडिबुडी गर्नु र सहयोगको लागि चिच्याउनु पर्दछ । 
-दमकल बोलाऔं, आगो नियन्त्रणका लागि प्रहरी र रेडक्रसलाई खबर गरौं ।
-आगो लागेको जानकारी सबैमा गराउन झ्याली पिट्ने वा कराउने र आगो नियन्त्रणका लागि जनसहभागिता जुटाउने काम गरौं
घटनाबारे खबर गर्दा पालन गर्नुपर्ने कुरा
घटनाबारे आपतकालीन उद्धारका लागि वारुणयन्त्र, सरक्षाकर्मी, रेडक्रस सेवालाई खबर गर्दा निम्न कुराहरूको छोटकरीमा जानकारी दिनुपर्दछ 
– कस्तो घटना भएको हो ? – घटना कुन ठाउँमा भएको हो ? – घटनास्थल पुग्ने बाटो कुन हो ? 
-बाटोको अवस्था कस्तो छ ? – घटनाको प्रकृति कस्तो छ ? – खबर गर्नेको नाम र सम्पर्क टेलिफोन नम्बर आदि ।
प्रहरी सेवाको लागी फोन नं‌ : १००(निशुल्क)