– अयोध्या प्रसाद श्रीवास्तव
नेपोलियनले एक पटक भनेका थिए ‘ दुनिया मा दुइटा शक्ति मात्र छन्- यौटा तलवार र अर्को कलम, अन्तमा तलवार माथि कलमको विजय हुने गर्दछ ।’ तलवारको भरमा सैनिक देखि सम्राट सम्म को यात्रा गरेको नेपोलियन, जसले विश्वविजयको सपना देखेको थियो, त्यस्तो बाहुबलको धनी व्यक्तिले कलमको शक्तिलाई सर्वोच्च स्थान दिएकोले यो शक्तिको महत्वबोध सहजै हुन्छ । कलमको शक्ति भनेको बुद्धि, विवेक र ज्ञानको सतत प्रवाह हो । आजको युगमा यो काम पत्रकारिता जगतबाट सर्वाधिक प्रभावशाली तरीकाले भैरहेको छ । पत्रकारले समाजमा घटित हुने गरेका घटनाहरुलाई प्रकाशित – प्रशारित मात्र गर्दैन,उसले घटनाहरुको पछाडी लुकेका रहस्यहरुको प्रकटीकरण र समाजलाई दिशाधारा दिने सोचको विकास र देशभक्तिलाई प्रोत्साहित समेत गर्दछ र राष्ट्र्लाई सबल बनाउने काम गर्दछ ।
तर यस्तो गहन र र गुरुतर भार बोकने पत्रकार जगतमाथि आज प्रशस्त टीका टिप्पणी हुने गरेको पाइन्छ । लम्पट, धूर्त र पुरुषार्थहीनहरु कि त राजीतिक आवरणमा लुक्न पुग्छन कि त पत्रकारिताको खोल ओढेर समाजमा स्थान बनाउन पुग्छन् भनेर निकै उपहास हुने गरेकोले यस तर्फ छलफल गर्न खोजिएको हो ।
सर्वप्रथम पत्रकारिताको गुण हेरौं –
१, सत्य तथ्यको प्रकाशन – मानव समाज अथवा प्रकृति र जीव जगतमा जुन सुकै स्थान र अवस्थामा घटित हुने घटना ,मानवीय व्यवहार र मानव समाजबाट हुने गरेका उपक्रम र व्यवस्थाहरुको समबन्धमा आम जनतामा सत्य तथ्य उजागर गर्नू पत्रकार जगतको पहिलो काम हो । जब संचार तन्त्रले यो काम कुरा यस्तो हो भनेर प्रकाशन गर्दछ तब जन समुदायले त्यस कुरा माथि सहजै विश्वास गरिरहेको हुन्छ ।
२, प्रभाव पार्ने क्षमता – संचारतन्त्रमा प्रकाशित र प्रशारित हुने सामग्रीहरु सही छन् भन्ने् कुरामा जनमानस विश्वस्त हुन्छ र अन्यथा ठहर्दैन भने अदालतले पनि त्यसलाई प्रमाण मान्ने गर्दछ । समय समयमा घटित भएका हत्या र बलात्कार जस्ता जघन्य अपराधमा संचार जगतको खोजमूलक निरंतर प्रशारण र प्रकाशनले न्यायालय लाई पनि मार्गदर्शन र समाजको धारणा बुझन मद्दत हुने गरेको देखिन्छ ।
३, सिकावटको सशक्त माध्यम – संचार माध्यमहरुबाट प्रवाहित ज्ञान विज्ञानका विविध सामग्रीका साथै साहित्य, भाषा, कला र संस्कृतिको बारेमा सिकावट को काम पनि हुन्छ । समाजीकरणको यौटा ठूलो काम हुन्छ । रेडियो टेलीवीजनमा हुने प्रशारण बोलिने भाषा र तरीका लाई लाखौं दर्शक र श्रोताले अनुशरण गरीरहेका हुन्छन् । शिक्षकले कक्षा कोठामा ४०जनालाई पढाएको हुन्छ भने इनले एकसाथ लाखौं जनालाई शिक्षित गरीरहेका हुन्छन्, नयाँ शव्द, उच्चारण र ज्ञान सिकाई रहेका हुन्छन् ।
४, कुरीति र कुप्रथा निवारण – इनले समाजमा विद्यमान कट्टरपंथिता र रुढिवादिताको बारेमा जनचेतना जगाउँदै समाजलाई कुरीति निवारणमा सहयोग गर्दछन् । युगानुकुल नयाँ सोंच र परिपाटीमा ल्याउन प्रेरणा दिन्छन् ।
५, अपराधिक प्रवृत्तिलाई दुरुत्साहित गर्नु -इनले समाजलाई अपराधिक क्रियाकलाप गर्दा यो यो सजाय र यस्तो किसिमको हानि हुन्छ भन्ने प्रकाशन र प्रशारण गरेर समाजलाई भरसक अपराध नगर्न सचेत गराई रहन्छन् ।
६, मानवाधिकार र प्रजातन्त्रको रक्षक – वाक स्वतन्त्रता अर्थात आफनो अंतरआत्मामा उठेका विचार र उद्गारलाई अभिव्यक्त गर्न पाउने अधिकारको उपभोग गर्न पाउनु पर्दछ भन्ने कुरा मानव मात्रको हृदयको आवाज हो । कम्युनिष्ट, फासिस्ट,सैनिक अथवा अन्य कुनै स्वरुप भएको एकतन्त्रीय, निरंकुश अधिनायकवादी शासन व्यवस्थामा जहाँ व्यक्तिको स्वतन्त्रता को कुनै अर्थ हुँदेन त्यहाँ पत्रकारिता पनि नियंत्रित हुन्छ र एक प्रकारले सरकारको सहयोगी अथवा यस मैन ( yes man ) मात्र हुन्छ । तर संयुक्त राष्ट्र् संघको जन्म पछि जब मानवाधिकारको घोषणा भयो र व्यक्ति स्वतन्त्रताको वकालत हुन थाल्यो त्यहां देखि पत्रकारिता मानिसको आवाज र प्रजातन्त्र ( democracy ) को प्राणको रुपमा विकसित भएको छ । त्यसैले प्रजातन्त्रमा पत्रकारितालाई सरकारको चौथो अंग भनिन्छ र राज्यमा स्वतन्त्र र निर्भीक पत्रकारिता छ भने प्रजातन्त्र छ अन्यथा छैन भनेर मूल्यांकन गरिन्छ ।
७, राज्यलाई सहयोग – पत्रकार जगतले भ्रष्टाचार, कालाबजार, तस्करी, हत्या बलात्कार आदि सामाजिक र सावर्जनिक अपराधको भतर्स्ना गर्दछ, हानि लाभको विवेचना गर्दछ र राज्यलाई नयाँ कानून बनाउनु पर्ने आवश्यकता को बोध गराउंछ तथा राज्यले बनाएका कानूनलाई लागु गर्न प्रचार प्रसार र प्रोत्साहित गर्दछन् ।
८, असल संगत र नैतिक शिक्षाको संवाहक – पत्रकार जगतले नैतिक शिक्षा र सामाजिकताको प्रकाशन प्रशारण द्धारा समाजमा शान्ति सुरक्षा कायम गर्ने काममा सरकारलाई अप्रत्यक्ष रुपमा सघाईरहेको हुन्छ ।
९, धर्म र संस्कृतिको संरक्षण – संचार माध्यमहरुले धर्म र संस्कृतिको बारेमा विविध लेख, रचना, अंतरवार्ता, छलफल र समाचारहरु को प्रकाशन र प्रशारण गरीरहेका हुन्छन् । यसबाट धर्म र संस्कृृति लाई परिस्कृत गर्ने, सुधार वा पुनरपरिभाषित गर्ने र संरक्षण गर्ने जस्ता कुराहरुको प्रष्टीकरण गर्दछन् र समाज तथा सरोकारवालाहरुको पथ प्रदर्शन हुन्छ ।
१०, विकासको उत्प्रेरक – समाचार माध्यमहरुको विकास कार्यमा ठूलो भूमिका हुन्छ । इनले संकलन गर्ने विभिन्न विषयका तथ्यांक र विकासका पूर्वाधार – आधारहरुको समीक्षा, मूल्यांकन र टीका टिप्पणी बाट योजनाकारहरुको विचार गर्ने मार्ग प्रशस्त हुन्छ । देश विकासमा र विकासका प्रतेक क्षेत्रमा इनले घचघचाउने गर्दछन् यसबाट महत्वपूर्ण योगदान हुन्छ ।
११, देशभक्तिको आधार खडा गर्दछन् – ‘जहाँ न पहुंचे रवि, वहाँ पहुँचे कवि’ भने जस्तै सरकारको जहाँ पहुँच पुग्ंदैन त्यहाँ पनि पत्रकार जगतले जनमानसलाई देश प्रति को कर्तव्य र वफादारीको बोध गराउने, जनतालाई जागरुक गराउने र विभिन्न किसिमको सूचना र जानकारी प्रवाहित गर्ने काम गर्दछन् । यसले त नागरिकता को शिक्षण दिने कामका साथै नागरिक सेवा पनि उपलव्ध हुने गर्दछ ।
१२, त्रिशक्तीय समीकर – पत्रकारिताले सरकारको तीनवटै अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका लाई जीवन्तता दिने काममा सहयोग गरेको हुन्छ । यसैले त यसलाई सरकारको चौथो अंग भनिन्छ । यर कारण पत्रकारिता पूर्णरुपले व्यवसायिक, मर्यादित र सुव्यवस्थित तथा विश्वसनीय हुनु पर्दछ ।
पत्रकारमा देखिएकाअवगुण र कमी कमजोरी -पत्रकारिता समाजको बौद्धिक शक्ति हो यस कारण यसबाट निम्नलिखित हानि हुने सम्भावना रहन्छ ।
१, भ्रष्ट क्रियाकलाप – भ्रष्टाचार, कालाबजार तस्कर र अपराधी जगतका कुख्यातहरु संग उपहार लिनु र तिनको गतिविधिलाई ढाकछोप गर्नु , प्रकाशित गर्नु ।
२, अहंकार जन्य भ्रष्टाचार – हुनेखाने र यशस्वी व्यक्तिहरुलाई तर्साउनु, धमकाउनु र ब्लेकमेलिंग गर्नु ।
३, पंडा प्रवृत्तिः- शिक्षा स्वास्थ्य र अन्य लाभदायक क्षेत्र, जहाँ आफनो काम पर्ने सम्भावना हुन्छ , तिनीहरु संग अनावश्यक र उट्पट्यांग प्रश्न गरेर खिन्न पारेर, भयभीत पारेर अंतमा आफनो अभीष्ट सजिलो तरीकाले पूरा गर्नु ।
४, प्रशारणमा गलत नीति – राम्रो काम गर्ने समाजनिष्ठ ईमानदार, सकारात्मक सोंच र राष्ट्र् प्रति वफादार व्यक्ति तथा संस्थाहरुको उपेक्षा गर्नु, प्रोत्साहित नगर्नु र इनलाई समाचार नबनाउनु । समाचार बनाउनै परेमा लाभ खोजनु या उपकार गरे झैं मान खोज्नु । आमन्त्रण नपाएको कार्यक्रमको समाचार प्रशारित नगर्नु ।
५, नकारात्मक प्रकाशनमा केन्द्रित हुनु – राजनीतिक क्षेत्रको समाचार र आलोचना गर्नु पत्रकारिताको धर्म हो भनेर यसैमा बढी केन्द्रित हुनु । अर्थिक,नैतिक, सांस्कृतिक, अध्यात्मिक र विकासका सामग्रीहरु मा चासो नलिनु । राजनीतिक र आर्थिक शक्तिको चापलूसी गर्नु ।
६, तोड मरोड गरेर समाचार प्रवाह गर्नु -पत्रकारले कुनै विषयमा आफनो ज्ञान, कल्पना, रुचि र लाभको संयोजन गरि समाचार प्रकाशित गर्नु ।
७, झुक्याउने र ढाँटने शीर्षक – कतिपय पत्रिकामा आकर्षक शीर्षकमा समाचार पढदा पेटबोलीमा शीर्षकको कुरा कि त परेकै हुदैन कि त तोडमरोड गरेर यस्तो हुने सम्भावना छ भनेर लेखेको हुन्छ । यो नितान्त गलत कुरा हो ।
८, तथ्य र कारण छुटाएर समाचार प्रशारण – कतिपय प्रशारणमा तथ्य र घटनाको कारण नै बताइदैन । जस्तै आई ए पास गरेकी नाबालिकाले विवाह गर्न देखि इनकार, तर कति वर्ष की भनेर नखोलने, अस्पतालमा अनियमितता र लापरवाहीको विरोधमा नारा जुलूस, तर कस्तो अनियमितता र लापरवाही भन्ने कुरा नखोलने गरेको ।
९, आपत्तिजनक सम्बोधन – कारागार बाट फरार कैदी….. &