खडेरीले सन्धिखर्कका कुँर, प्रगतीनगर, लात्तेमाज नुवाकोट, सानागाउँ र ढिकुरामा खानेपानीको ब्यापक समस्या

अनिल भुसालबाट 
सन्धिखर्क, अर्घाखाँची ।  लामो समयसम्म पानि नपरेपछि अर्घाखाँची जिल्लाका बिभीन्न स्थानमा खानेपानीको अभाव, खुल्ला दिसाँमुक्त अभियान अन्तर्गत बनाइएका शौँचालय प्रयोगबिहिन भएका छन् । 
सन्धिखर्क – २ कुरमा । 
लगातार लामो खडेरी परेसंगै अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका लगाएत जिल्लाका बिभिन्न ठाँउमा खानेपानीको ब्यापक समस्या देखिन थालेको छ लामो समयसम्म पानि नपरेपछि खानेपानिका मुल सुक्दै जाँदा सन्धिखर्क नगरपालिका अन्तर्गतका कुँर , प्रगतीनगर (भालुखोला), लात्तेमाज सानागाउँ लगायत ढिकुरा, नुवाकोट गाविसका बिभिन्न स्थानमा खानेपानिको समस्या देखिएको हो । 
 लामो समय सम्म पानि नपर्दा र लगातार दैनिक रुपमा तिब्रवेगमा हाँवा चलिरहँदा खानेपानीका मुल सुक्दै गएपछि समस्या देखिन थालेको हो ।  पछिल्लो समयमा खोलानाला पनि सुकेर पानि नहुदाँ गाँइबस्तुलाई समेत पानि खुबाउन समस्या परेको छ ।  
अहिले सन्धिखर्क न पा २ र ९ कुँरमा लिफ्टखानेपानि आयोजना बाट बितरण गरिदै आइएको पानि पनि पानिको मुल सुकेर दैनिक १ ,२ गाग्रिको स्थितीमा पुगेको छ भने पधेरोमा पानि नभएपछि दिनभर पानिकोलागी पाला कुर्ने स्थिती आएको छ । 
यसैबिच पानिको समस्या बढेसंगै खान, बस्तुभाउलाई खुबाउन लगाएतका अन्य क्रियाकलापमा पानिको समस्या देखिदा खुल्ला दिसाँमुक्त अभियान अन्तर्गत बनाइएका शौँचालयको विकल्प के भन्ने समस्या पनि देखिएको छ । 
खानकोलागि मात्र पानिको जोहोगर्न गार्हो भइरहेको बेला शौँचालय प्रयोगकोलागी आबश्यक पानिको ब्यवस्थागर्न नसक्दा यस्तो भएको हो ।  हिले यहाँका स्थानियको पानिको अभावमा दैनिक कामकार्बाहीमा समेत प्रत्यक्ष प्रभाव पर्न थालेको छ ।