प्रहरीद्वारा ढिकुरामा गोली हानी हत्या गर्ने अभियुक्त डेम बहादुरलाई सार्वजनिक

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले ढिकुरा गाबिस वार्ड नम्बर ७ मा केसबहादुर तङ्गनामीलाई गोली हानी हत्या गर्ने अभियुक्त डेम बहादुर गुरुङलाई हात- हतियार सहित सन्धिखर्कमा सार्वजनिक गरेको छ । 

प्रहरीले गुरुङलाई घटना घटाएको २४ घन्टा नहुदै पक्राउ गरेको थियो ।  
जिल्लाको जलुके गाबिसबाट अभियुक्त गुरुङसहित उनको परिबार लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका  प्रहरी  नायब उपरीक्षक नबरत्न पौडेलले जानकारी दिनु भयो  । 
प्रहरीले उनलाई २ राउन्ड भरुवा बन्दुक सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयमा अायोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख नबरत्न पौडेलले बताउनु भयो  । 
निजलाई पक्राउ गर्न जिल्ला प्रहरि अर्घाखाँची ले चारैतिरका नाकाहरु सिल गरि सर्च अपरेसन शुरु गरेको प्रहरि निरिक्षक सुजन राज भण्डारीले जानकारी दिनु भयो । 
केसब तङ्गनामीको हत्या भएलगत्तै निज डेम बहादुर गुरुङ अाफ्नो सात जनाको परिबार लिएर फरार भएका थिए  । जलुके मा रहेको प्रहरी चौकी ले निज ब्यक्ति लाई नियन्त्रणमा लिएको हो  । 
यससम्बन्धी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्त पक्राउ गरेपछि स्थानीय खुसि भएका छन ।
श्याम घिमिरे र सुर्य भुसालबाट