सन्धिखर्कमा गौरीशंकर स्कुल र जुकेना शिवादह विधालयमा नतिजा प्रकासन कार्यक्रम सम्पन्न

सुर्य भुसालबाट

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको गौरीशंकर इङ्गलिस वोर्डिङ्ग स्कूल सन्धिखर्कको पुरस्कार बितरण तथा नतिजा प्रकासन एक भब्य समारोहका बिच सम्पन्न भएको छ ।
बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष भेष बहादुर बिसिको अध्यक्षता बिध्यालय निरिक्षक चोपलाल बेल्बासेको प्रमुख अतिथ्यता बिध्यालयका शिक्षक सिब बेल्बासेको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा बिध्यालयका प्रिन्सिपल गणेश क्षेत्रीले बिध्यालयको प्रगति प्रतिबेदन पेश गर्दै हाल सम्म भैईरहेको गतिविधि का बारेमा प्रकाश पार्नु भएको थियो  ।
कार्यक्रम मा बोल्ने बक्ताहरुले बिध्यालयले अहिले सम्म गुणस्तरीय शिक्षादिन सकेको भन्दै अझै गुणस्तरीय बनाउदै अर्घाखाँचीको नमुना बिध्यालय बनेको र अझै पनि काठमाडौ बुटवलका बोडिङ स्कुलहरु जस्तै बनाउनु पर्ने मा जोड दिएका थिए  ।
कार्यक्रममा सबै अभिभाबकको तर्फबाट सेषकान्त घिमिरेले मन्तब्य ब्यक्त गर्दै अभिभाबकहरुले गुणस्तरीय शिक्षाका लागि जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनु भयो ।
जुकेना स्थित ग्यालेक्सी इङ्गलिस वोर्डिङ्ग स्कूलमा पुरस्कार बितरण
अर्घाखाँची जिल्लाको जुकेना – ५ स्थित ग्यालेक्सी इङ्गलिस वोर्डिङ्ग स्कूलमा पुरस्कार बितरण तथा नतिजा प्रकासन कार्यक्रममा सास्कृतिक अभिनय गर्दै विधार्थीहरु ।

जुकेना श्री शिवादह विधालयमा नतिजा प्रकासन
अर्घाखाँची जिल्लाको जुकेना -९ दान्सिङ स्थित श्री शिवादह विधालयमा पुरस्कार बितरण तथा नतिजा प्रकासन एक भब्य समारोहका बिच सम्पन्न भएको छ ।