अर्घाखाँचीडट्कमका प्रतिनिधि प्रेम खड्काले अस्पताल सुरक्षा कर्मी शेरबहादुर बुढासँग गरेको कुराकानी ।
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको जिल्ला अस्पताल सन्धिखर्कमा भीषण आगलागी भएको छ ।
अस्पतालको ड्रेसिङ रूममा आगलागी भएको हो ।
अहिले विद्दुत आपुर्ती बन्द भएको छ । अस्पताल सुरक्षाकर्मी शेरबहादुर बुढाका अनुसार आगो नियन्त्रणमा आएको छ ।
विद्युत् चुहावट भएर आगो सल्केर आगलागी भएको बताइएको छ ।
आगलागीबाट अन्दाजी २ लाख बराबरको सामाग्री क्षेती भएको छ ।
अर्घाखाँची जिल्लाभर आगलागीका घटना भईरहेका बेला यहाँ आगलागी भएको हो ।