असुरकोट ६ पुर्ण सरसफाई युक्त गाँउ घोषणा, अर्घाखाँची जिल्लाकै पहिलो (फोटो फिचर)

 प्रेम आचार्य
असुरकोट, अर्घाखाँची ३० चैत । अर्घाखाँची जिल्लाकै पहिलो वार्डको रुपमा असुरकोट गाविस वार्ड न. ६ आज पुर्ण सरसफाई युक्त गाँउ घोषणा भएको छ । 
असुरकोटको सिडाडामा आज एक कार्यक्रमको आयोजना गरि उपप्रधानमन्त्री तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीले गाँउलाई पुर्ण सरसफाई युक्त गाँउ घोषणा गर्नु भएको हो । 
कार्यक्रममा मन्तब्य राख्दै मन्त्री रायमाझीले भौतीक पुर्वाधार मात्र बिकास नभएर आनी, बानीमा परिबर्तन आउनु नै स्वास्थ्य क्षेत्रको बिकास हुने बताउदै सरसफाईयुक्त गाँउलाई नमुना गाँउ बनाउन स्थानीयलाई आग्रह गर्नु भयो ।  जिल्लाको सबै क्षेत्रमा बिकासका पुर्वाधार पुराउन लागि परेको बताउदै सभ्य समाजको निर्माण गर्न सरसफाईले महत्वपुर्ण भुमिका निर्बाह गर्ने बताउनु भयो । 
५१ घर परिवार रहेको गाँउमा सबै घरका स्थानीयले सुरक्षित चर्पीको प्रयोग गरेका छन । घरमा मात्र हैन गाँउभरनै सफासुग्घर पारेका छन । कहि कतै पलास्टीक समेत भेटिदैन । पानी सुद्धिकरण मात्र गरेर पिउने गरेका छन । सबैले जोखिमपुर्ण अबस्थामा साबुनपानीले हातधुने जस्ता कार्य गर्ने गरेको वाड समितिका संयोजक कविराम बन्जाडेले बताए । 
गाँउका सबै घरमा साबुनपानीले हात धुने अभ्यास गरिएको छ । घरघरमा भाडा माझ्ने स्थान र भाडा सुकाउने चांग निर्माण गरिएको छ । सबै घरमा लिपपोत तथा घर आगन सफा रहेका छन ।  
 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, स्थानीय बिकास अधिकारी लक्ष्मी पाण्डे (गौतम), नेपाली काग्रेसका पुर्ब सभापति तथा महासमिति सदस्य कमल प्रसाद भुसाल,एमालेका कार्यबहाक अध्यक्ष जीबनारायण कोइएराला, एमाओबादीका जिल्ला अध्यक्ष चन्द्रबहादुर खड्का, पत्रकार महासंघका अध्यक्ष सोभाखर पन्थी, असुरकोट काग्रेसका सभापति बिष्णु प्रसाद श्रेष्ठ, शिक्षक लाल बहादुर बम्रेल, महिला स्वास्थ्य स्वयंसेविका कमला बन्जाडे, स्थान्ीय हिमलाल बन्जाडे लगायतले मन्तब्य राखेका थिए । 
कार्यक्रम गाविस सचिब मदन खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।