सिद्धारा ओडारेका कृषक छबिलालले ११५ वटा बाख्रा पाल्दै, अर्घाखाँची मासुका लागि आत्मनिर्भर (फोटो फिचर)

अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सिद्धाराका एक कृषकले बाख्रा पालनबाट मनग्य आम्दानी  गर्दै आएका छन् । 
 सिद्धारा -८ओडारेका कृषक छबिलाल उलुङगे मगर ११५ वटा बाख्रा आएका हुन् । 
 बाख्रा पालनमा हेफर ईन्टरनेशनल नेपालको सहयोग  र प्रकाश सचेतना समूह प्रागको सहजिकरण रहेको छ ।  
कृषक छबिलाल उलुङगेले एक वर्ष देखी बाख्रापालन व्यवासाय सुरु गरेका हुन् । लगनशील र मेहनतका साथ काम गरेमा जेमा पनि सफलता मिल्ने उदाहरण बनेका छन् छबिलाल  ।   
उता अर्घाखाँचीका किसान यतिबेला बाख्राको स्याहारसुसारमा ब्यस्त छन् । थौरे मेहनत र कम लगानीबाट मनग्य आम्दानी हुन थालेपछि किसानहरु बाख्रा पालन तर्फ आकर्षित भएका हुन् ।    
तर गाउँमा पालिएका अधिकांश बाख्राहरु खरिजातको भएको र यहाँ उन्नत जातको बोकाको अभावमा नयाँ जन्मेने पाठापाठी साना र किचिला भएकाले आम्दानी कम हुने कृर्षकहरु बताउँछन् ।
अर्घाखाँचीमा अथाह वनसम्पदा भएको र वनमा पोषिलो घाँस तथा बाख्रा पालनका लागि उपयुक्त भु-बनोट र हावापानी भएको जिल्ला मानिन्छ । १० वर्ष पहिलेसम्म तराईका जिल्लाबाट खसीको आयात गरिने अर्घाखाँचीमा अहिले मासुका लागि अन्त खोज्न जानु नपर्ने व्यापारीहरु बताउँछन् । अर्घाखाँची अहिले मासुका लागि आत्मनिर्भर बनेको छ ।
तस्बिर: केशब राज बेल्बासेबाट 

सिद्धाराको बारेमा  
सिद्धारा अर्घाखाँची जिल्लाको पश्चिमी भेगमा पर्ने एउटा गा. वि. स. हो । यो गाउमा साना साना वस्तीहरु घना जंगलले घेरिएका छन । कृषि उपजको लागि अत्यन्त उर्वरा भूमी रहेको यस गा वि स मा शीत खोला , कुसुम खोला , काठे खोला, हाडे खोला , सोते खोला आदि खोला बगी राप्ती नदिमा मिसिन पुग्दछन ।