अर्घाखाँचीको मैदानमा लामो समय खडेरी परेको भन्दै रुद्धी र भजन किर्तन, जताकतै पानीको हाहाकार (भिडियो, फोटो फिचर)

मैदानमा । भिडियो : डिआरजी सुमन/अर्घाखाँची डटकम

डिल्ली राज घिमिरे
मैदान, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको मैदान गाबिस ७ मा लामो समय खडेरी परेको भन्दै रुद्धी र भजन किर्तनको आयोजना गरिएको छ ।
समयमा पानी नपरेको भन्दै मैदान गाबिस ७ स्थित धजावान्ने स्थित वराजु कण्ठ मन्दिरमा रुद्धी र भजन किर्तन भएको हो। नयाँ वर्षको पहिलो दिन नै पुजाआजा गरी मैदान ७ अमजाका स्थानियवाँसीले भव्य रुपमा पुजाआजा गरेका छन ।
प छिल्लो समयमा लामो समय पानी नपर्दा खेतीपाती लगाउन, सिन्चाइको समस्या पर्नुका साथै कयौ ठाउँमा पानीका मुहान सुक्दा खानेपानीको हाहाकार भएको छ ।
लामो समय सम्म पानि नपर्दा र लगातार दैनिक रुपमा तिब्र वेगमा हाँवा चलिरहँदा खानेपानीका मुल सुक्दै गएपछि समस्या देखिन थालेको हो ।  पछिल्लो समयमा खोलानाला पनि सुकेर पानि नहुदाँ गाँइबस्तुलाई समेत पानि खुबाउन समस्या परेको छ ।
साथै जिल्लाभर जंगलमा डेढेलो, आगलागीका घटना भईरहेका छन् ।
तस्वीर: डिआरजी सुमन/अर्घाखाँची डटकम