पाकिस्तानको एक अदालतमा अचम्मको घटना भएको छ । न्यायाधीशले ग्रिनेड कसरी विस्फोट हुन्छ भन्ने जिज्ञासा राखेपछि प्रहरीले विस्फोट गराउने तरिका अदालतमै प्रस्तुत गर्ने क्रममा विस्फोट हुँदा न्यायाधीशसमेत केही घाइते भएका छन् ।
कराँचीस्थित आतंकवाद विरोधी अदालतमा यस्तो घटना भएको हो ।
समाचार एजेन्सीहरुका अनुसार अदालतमा एक आरोपीलाई पेश गरिएको थियो । उसका साथबाट बरामद भएका हतियार र विस्फोटक पदार्थ पनि सुरक्षाकर्मीले अदालतमा पेश गरेका थिए । यसरी पेश गरिएका विस्फोटक पदार्थमा एउटा ग्रिनेड पनि थियो ।
न्यायाधीशले ग्रिनेड कसरी पड्किन्छ भन्नेबारे जिज्ञासा राखेका थिए । एक प्रहरीले तत्कालै