राजमो निकट जातीय समता समाज अर्घाखाँचीको स्थापना दिबस सम्पन्न

 श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची । सबै खाले जातिय भेद्भाब को बिरुद्ध सम्पूर्ण उत्पीडित दलित जातिहरु एकजुट हुनु को बिकल्प नभएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन । 
तस्बिर: श्याम घिमिरे, अर्घाखाँचीडट्कम
राष्ट्रिय जनमोर्चा निकट जातीय समता समाज अर्घाखाँचीको आयोजनामा  समाजको ३१औं स्थापना दिबसको अबसरमा आयोजित  कार्यक्रममा यस्तो धारण ब्यक्त गरेका हुन । कार्यक्रमा मनतब्य राख्दै समाजका केन्द्रिय सदस्य राम बसु ले आफ्नो अधिकारको लागी आफै सचेत हुनु पर्ने कुरामा जोडदिएका थिए । 
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका भु.पु केन्द्रिय सदस्य सागर के.सी,ने.क.पा. मसालका जिल्ला प्रबक्ता थम्मन के.सी, अखिल नेपाल महिला संघ कि कल्पना पोख्रेल,अखिल नेपाल राष्ट्रिय यातायात मजदुर संघका गोबिन्द बि.सि,अन्टुकका सिद्धी भट्टराई, अखिल नेपाल किसान संघ का जिबनारायण खनाल,प्रगतिशिल पत्रकार संघका श्याम घिमिरे,युबक संघका ठाकुर पन्थी लगाएतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । 
कार्यक्रम चेत बहादुर बि.क को अध्यक्षता,राजेन्द्र नेपाली को स्वागत मनतब्य र प्रेम नेपाली को संचालनमा सम्पन्न भएको थियो ।
 

अन्य समाचारहरु