नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची-गुल्मीका संस्थापक नेता खुबिराम आचार्यको ९३ बर्षको उमेरमा निधन (स्व. आचार्यको बारेमा)

सन्धिखर्क, अर्घाखाँचीडट्कम ( अर्घाखाँचीडट्कम) । नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची-गुल्मी जिल्लाका संस्थापक नेता खुबिराम आचार्यको ९३ बर्षको उमेरमा भएको निधन भएको छ । 
अर्घाखॉची ज़िल्ला अर्घा वार्ड नं ३ अर्घारजस्थल अधेरीमा जन्म भै हाल कपिलवस्तु ज़िल्ला बुड्डी गेलवारमा बसोबास गर्दै आएका आचार्य २०१६ साल देखि नेपाल कम्युनिस्ट पार्टीमा  कृयासिल थिए । 
ग़ुल्मी र अर्घाखॉचीमा एउटै कम्युनिस्ट पार्टी रहदा  संस्थापक नेता २०२९ मा हंसपुर बामरुकमा सम्पन्न नेकपा अर्घाखॉचीको ज़िल्ला अधिबेसनबाट जिल्ला सचिव निर्बाचित् भएका थिए । त्यस्तै २०३१ मा वनारसमा सम्पन्न चौ म अधिबेसनबाट केन्द्रिय सदस्यमा निर्बाचित् भएका थिए । 
२०३९ सालको आन्दोलनमा सहिद टंक प्रसाद भुसालसंग गिरफ्तार परि जिल्ला प्रहरी कार्यालय ( तत्कालीन ठाना ) मा कुट्पिट गर्दा टंक प्रसाद भुसालको निधन भएको तर उनलाई मरेको भनी छोडेकोमा बल्ल बल्ल बांच्न सफल भएका थिए । 
स्व. आचार्य नेपाल कम्युनिस्ट पार्टी माओवादी ( कार्न्तिकारी ) का अध्यक्ष् मोहन बैध किरणका ससुरा, जिल्ला इन्चार्ज पिताम्बर आचार्य ( ठुल्दाई ) निलान्बर आचार्य, गुप्तबिक्रम आचार्य, पारस आचार्यका पिता हुन । 

कम्युनिष्ट नेता खुबिराम आचार्यको बारेमा 
नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सल्लाहकार रहेका आचार्यको ९३ वर्षको उमेरमा कपिलवस्तुको भृकुटी नगरपालीका ४ गेलबजारमा निधन भएको हो ।
विहीबार बेलुकाबाट एक्कासी ज्वरो आएप्छि ज्वरो बढ्दै जाँदा शुक्रबार विहान अस्पताल लैजान लाग्दै गर्दा आफ्नै निवासमा मृत्यु भएको छोरा तथा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य पिताम्बर आचार्यले बताए ।
१९८० साल जेठ २२ गते अर्घाखाँचीको अर्घारजस्थल अधेरीमा बुबा चुरामणी आचार्य, आमा हरिकला आचार्यका जेष्ठ सुपुत्रका रुपमा जन्मेका स्वर्गीय आचार्यले दरबार हाइस्कुल (पाठशालामा) पठनपाठन तथा सुधारको लागि २००४ सालमा संचालित ‘जयतु संस्कृतम’ आन्दोलन र पछि पञ्चायत विरोधी आन्दोलनका अगुवा मध्येका एक हुन् । जयतु संस्कृतम आन्दोलनका क्रममा देश निकाला गरिएपछि बंगलादेशमा निर्वासित जीवन बिताएका थिए ।
उनी नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणका ससुरा हुन् । कपिलवस्तु जिल्लाको लक्ष्मनघाटमा नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष वैद्यले उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरे । छोराहरु पिताम्बर आचार्य र प्रकाश आचार्यले दागबत्ति दिएका थिए ।
बाहुनले हलो जोतेर विद्रोह
वि.सं. २००६ सालमा कांग्रेस पार्टी सदस्य भई राजनीति थालेका उनी देश फर्किएर गोकर्णराज शास्त्रीसँगै ००७ सालको आन्दोलनमा पनि सहभागी भएका थिए । स्वदेश फर्किएपछि अर्घाखाँचीमा पार्टी जिम्मेवारी पाएका उनले नै बाहुनले पनि हलो जोत्न हुन्छ भन्ने सामाजिक अभियान चलाएका थिए । वि.सं. २०१५ सालमा कांग्रेसबाट नै उम्मेदवारको टिकट पाएर पनि उनीले सुवर्णशम्सेरलाई छाडिदिएका थिए ।
पञ्चायत विरोधी आन्दोलनमा आँखा फुटाईएको थियो
पञ्चायत विरोधी आन्दोलनका क्रममा २०३८ सालमा अर्घाखाचीमा यातना दिएर टंक भुसालको हत्या गरेको थियो भने उनको देव्रे आँखा फूटाईदिएको थियो । यातना दिएर मृतक नै भनेर फालेको भएपनि उनी बाँचेका थिए । २०१६ र १७ साल देखि मुलुकको कम्युनिस्ट राजनीतिको केन्द्र भागमा रहेर काम गरेका आचार्य बिगत ३६ बर्ष देखि दृस्टीबिहिन थिए ।
माओवादी एकताका पक्षधर
२०२८ सालमा कन्द्रीय न्युक्लियसको केन्द्रीय सदस्य रहका उनी २०३१ सालमा बनारसमा भएको चौथो महाधिवेशन (चौम) प्रतिनिधि भएका थिए । ०२९ सालमा मसाल, ०४२ सालमा मशाल हुँदै २०४६ सालमा एकताकेन्द्र मसाल भएका थिए । क्रान्तिकारीको केन्द्रिय सल्लाहकार नेता आचार्य माओवादी एकताका पक्षधर थिए । भर्खरै सम्पन्न माओबादी केन्द्रिय समितिको बैठकमा उनले सैद्धान्तिक एकताको आधारमा निष्ठा पुर्वक एकता गर्नु पर्ने र सत्ता स्वार्थले अभिप्रेरित हुन नहुने भनेर लिखित खबर केन्द्रिय समितिलाई पठाएका थिए । सानै उमेरबाट राजनीतिमा हाम फालेका अचार्यको जीवनको अन्तिम अवस्था सम्म जनताकै हितमा कसरि कम्युनिस्ट पार्टीलाई लगाउन सकिन्छ भनेर सिंगो जीवन अर्पित गरेको अबिस्रांत योद्धाको रुपमा लिईन्छ ।
परीवारै कम्युनिष्ट राजनीतिमा
आचार्यको प्रभावले परीवार नै कम्युनिष्ट आन्दोलनमा सक्रिय छ । ४ भाइ छोरा र ३ बहिनि छोरीमध्ये जेठा छोरा पिताम्बर आचार्य नेकपा माओबादी क्रान्तिकारीका केन्द्रिय सदस्य र माइला निलाम्बर केन्द्रिय सल्लाहकर भै बिगत २ दशक देखि नेकपा माओबादीका केन्द्रिय नेतृत्वमा छन् । उनकी माईलि छोरी क्रान्तिकारी माओवादीका अध्यक्ष बैद्यकी श्रीमति हिुन् । जेठी छोरीका श्रीमान गंगाधर घिमिरे पार्टी काम मै शहित भएका थिए ।
राजनीतिमा उनको योगदान
१.२००४ सालमा जयतु संस्कृतम छात्रा संगठनको सदस्य 
२.२००४ सालमा आन्दोलनमा सरिक भएबापत राज्यद्रोहको मुद्दा लगाइ देश निकाला ।
३ २००६ सालमा बनारस मा नेपाली काँग्रेसको सदस्यता प्राप्त गरि २०१४ सम्म नेकाको कार्यकर्ता, २०१५ मा कांग्रेस पार्टी परित्याग 
४. २०१५ सालको संसदीय निर्वाचनमा अर्घाखाचीमा कम्यूनिष्ट पार्टीको उम्मेदवार 
५. २०१६ मा गुल्मी अर्घाखाचीको कम्युनिस्ट पार्टीको सचिब 
६. २०१७ मा कम्युनिस्ट पार्टीको दरभंगा प्लेनममा सहभागी 
७. २०१७ देखि २०२२ सम्म भूमिगत भै काम 
८. २०२८ मा केन्द्रिय न्युक्लियस सदस्यको आयोजक समितिको सदस्य 
९. २०३१ मा बनारसमा सम्पन्न महधिबेसनबाट केन्द्रिय सदस्यमा निर्वाचित 
१०. २०४१ मा अर्घाखाची बाट पाँचौ महाधिबेसन को सदस्य 
११. २०४८ सालको एकता महाधिबेसंमा सहभागी 
१२ .२०५१ साल देखि ६९ सम्म एकीकृत माओबादी र ६९ देखि हाल सम्म नेकपा माओबादी क्रान्तिकारीको केन्द्रिय सल्लाहकार सदस्य
राजनीतिक यात्रामा लागिरहेको बेला उनले थुप्रै पुस्तकहरु पनि लेखे । 
उनका केही प्रकशित कृतिहरु 

१ भागवत कथा संग्रह
२ अतितका पाइलाहरु ( संस्मरण )
३ भौतिक दर्सन
४ बस्तु बेश …
५ आन्दोलनका गाथा
६ धर्मको खण्डन प्रकाशोन्मुख
उनले देशको राजनीतिक आन्दोलनमा भूमिका बाहेक अर्घाखाची र कपिलबस्तुमा विभिन्न विद्यालयको स्थापना तथा नेतृत्व गरी सामाजिक कार्यमा समेत अग्रसरता लिए ।