केरुगां काठमाण्डौ सेवा समाजद्वारा शुभकामना आदानप्रदान तथा क्यालेण्डर बितरण

प्रेम आचार्य
अर्घाखाँची ४ बैसाख । केरुगां काठमाण्डौ सेवा समाजले  नयाँबर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा क्यालेण्डर बितरण कार्यक्रम आरआर क्याम्पस प्रदर्श्निमार्ग काठमाण्डौमा सम्पन्न गरेको छ ।
 
सो कार्यक्रममाफोहरमैला ब्यवस्थापन प्राबिधिक सहयोग केन्द्रका निर्देशक बिश्वमणि ज्ञवालीले शुभकामना सहित  केरुगां गाबिसमा देखिएको खानेपानीको समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा सस्थाका सल्लाहकार चुरामणि खनालले  शुभकामना मन्तब्य  सहित खानेपानी समस्या समाधानमा  बजेट अगाडि नै एकपटक केरुगांको टोलिसँग डेलिगेसन गएर सबै मन्त्रालयमा  कुरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।  
 
नारायण पौडेलको स्वागत मन्तब्य भएको कार्यक्रममा नेपाली कांग्रेस केरुगां गाउ कमिटि अध्यक्ष इश्वरी प्रसाद पाण्डेले केरुगांमा देखिएको पानीको समस्या र वर्तमान अबस्थाको जानकारी गराउनुभएको थियो।  कार्यक्रममा कांग्रेस नेतृ अनिता ज्ञवालीले केरुगेंली बिचको सद्भाव सहयोग र एकजुट अभियानको प्रशंसा सहित शुभकामना दिनुभएको थियो।
 
सबै #केरुगेंली बिच आपसी खुशियालिमा शुभकामना आदानप्रदान भएको कार्यक्रममा नागरिक उड्डययन प्राधिकरणका उपनिर्देशक छबिलाल खनालले मन्तब्य राख्नुभएको थियो । बृहत केरुगेंलीको उपस्थितिमा सम्पन्न कार्यक्रमले अबको केहि दिनभित्रै #केरुगां गाबिसका प्रत्येक वार्डका प्रत्येक घरघरमा निशुल्क क्यालेण्डर बितरण गर्नको लागि २००० क्यालेन्डर केरुगां पठाएको छ ।
 
सस्थाका अध्यक्ष रामु खनालको सभापतिमा सम्पन्न कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सुशिल खनालले गर्नुभएको थियो ।