चैते दशैंको अवसरमा ढिकुरा-खाचिकोटको गौचौर दहमा सराय नाच मेला (फोटो फिचर)
बैशाख ५ गते, २०७३ मा प्रकाशित
(पहिलो प्रकासित मिती: २०७३ वैशाख ४, शनिवार)
गौचौर, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । रामनवमी पर्व एवम चैते दशैंको अवसरमा अर्घाखाँची जिल्लाको खाचिकोट-ढिकुराको गौचौर (बुढीचौर) दहमा सराय नाच मेला सम्पन्न भएको छ ।
चैते दशैं अवसरमा अर्घाखाँचीका शक्तिपीठहरुमा भक्तजनहरु पूजा आराधना गरेका थिए ।
हिन्दु धर्मावलम्बिहरु दुर्गाभवानीको पूजा आराधना गरी चैते दशैं मनाएका छन । वर्षमा दुईपटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको धर्मशास्त्रहरुमा उल्लेख छ । यो वर्ष चैते दसैं बैशाख महिनामा परेको हो ।
नरपानीको महिला प्रस्तुती स्वास्थ्य केन्द्र लगायत ।