सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । गोरसिङे – सन्धिखर्क सडक खण्ड अन्तर्गत सुपादेउरालीमा एक दिनको लागि बाटो बन्द गरिने भएको छ ।
सुपादेउराली खण्डको लाहुरे टासेको भिरको सडक चौडा गर्नको लागि भोली बैशाख ६ गते सोमबार बिहान ६:३० बजेदेखि ११ बजेसम्म र दिउसो १ बजेदेखि साँझ ५:३० बजेसम्म सवारी साधन आवतजावतमा रोक लगाइने भएको हो ।
आज जिल्ला प्रशासन कार्यालयमा सरोकारहरुको बैठक बसी सो निर्यण गरिएको डिभिजन सडक कार्यालय गोरसिङेले जनाएको छ ।
गोरसिङे – सन्धिखर्क सडक खण्ड अन्तर्गतको सडक विस्तार निरन्तर अगाडि बढाउने डिभिजन कार्यालयले बताएको छ । उता गोरसिङे – सन्धिखर्क सडक खण्डमा २० मिटर चौढा गर्ने भएपछि स्थानियहरुले विरोध गर्दै अाएका छन ।