विदाको दिन सरकारी गाडी दुरुपयोगको जताततैबाट चर्को आलोचनापछि जिल्ला सिंचाई कार्यालय अर्घाखाँचीद्वारा खण्डन

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  कार्यालय प्रमुखले शनिबार बिदाको दिन सरकारी गाडीको दुरुपयोग गरेको भनी आएको समाचारको जिल्ला सिंचाई कार्यालय अर्घाखाँचीले खण्डन गरेको छ । प्रशासनबाट स्वीकृत लिइ प्रयाेग गरिएकाे भन्दै  सामाजिक संजालमा आएको उक्त समाचारको सिंचाई कार्यालयले खण्डन गरेको हो । 
शान्तीबगैचाको पार्किङ निषेधित क्षेत्रमा रोकेर राखिएको गाडी । तस्बिर: सुर्य भुसालबाट, अर्घाखाँचीडट्कम
शनिबार सामाजिक संजाल फेसबूकमा तस्बिर सहित अर्घाखाँची जिल्लामा सरकारी गाडीको चरम दुरुपयोग भन्ने शिर्षकमा गरेको पोस्टमा देश-विदेशबाट चर्को आलोचना भएको थियो ।  
जिल्ला सिंचाई कार्यालय अर्घाखाँचीले फिल्ड कार्य विदाकाे दिनमा पनि हुने हुँदा सार्वजनिक विदाकाे दिनमा प्रयाेग हुने यस कार्यालयका सबै सवारी साधनहरू जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत लिइ प्रयाेग गरिएकाे दावी गरेको छ । 
शनिबार बिहान सन्धिखर्क स्थित शान्तीबगैचाको पार्किङ निषेधित क्षेत्र भनेर लेखेको बोर्ड नजिक बा २ झ १४१२ नम्बरको गाडी रोकेर तरकारी किन्न गएको बेला उक्त तस्बिर लिईएको थियो । 
जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीले सार्बजनिक विदाको दिनमा सरकारी गाडिको दुरुपयोग नहोस भन्दै सन्धिखर्कमा सरकारी गाडीहरुको चेकजाँच निरन्तर गरिरहेको बताएको छ । पछिल्लो समयमा अर्घाखाँची जिल्लामा सरकारी गाडीको दुरुपयोगमा कमि आएको जिल्ला ट्राफिक कार्यालयको दावी छ ।  
सार्वजनिक विदाको दिन सरकारी गाडी चलाउन नपाइने सरकारको नियम रहेको छ । बिदाको दिनपनि कार्यालयको बिशेष कामले गाडिको प्रयोग गर्नु परेमा जिल्ला तहमा जिल्ला प्रशासन कार्यालयको चेकपास लिएर मात्र सरकारी गाडी गुडाउन पाउने प्रावधान रहेको छ । 

 जिल्ला सिंचाई कार्यालय अर्घाखाँची । तस्बिर: फेसबूकबाट