जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीद्वारा नि:शुल्क पाठ्यपुस्तक बितरण सम्बन्धि छलफल

जिल्ला शिक्षा कार्यालय अर्घाखाँची । तस्बिर: फेसबूकबाट 
 प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची । जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीको आयोजनामा नि:शुल्क पाठ्यपुस्तक बितरण सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा मन्तब्य राखदै जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउतले सबै बालबालिकालाई विद्यालयमा पठाउनका लागि सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।  उहाले निशुल्क रुपमा बिद्यार्थीलाई पाठ्य पुस्तक उपलब्ध गराईने भएकाले बिद्यार्थीहरुले पाठ्यपुस्तक पाएका छनछैनन भनि हेनेै दायीत्व सबैको भएको बताउनु भयो । 
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी घिमिरे, शाखा अधिकृत बलराम मिश्र लगायत अभिभाबक, शिक्षक संघ संगठनका प्रमुख, बिद्यार्थी नेताहरु र सञ्चारकर्मिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालय निरिक्षक नाारयण पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।