नयाँ शक्ति नेपाल अर्घाखाँचीको जिल्ला परिषद घोषणा (फोटो फिचर)

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । “नयाँ शक्ति निर्माण अभियानमा सहभागी बनौं ,बैकल्पिक राजनीतिको आधार तयार गरौं” भन्ने मुल नाराका साथ नयाँ शक्ति, नेपालले अन्तरीम जिल्ला परिषद अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा घोषणा समारोह सम्पन्न गरेको छ । 
कार्यक्रम सञ्चार बिभाग प्रमुख एबम राजनीतिक बिशलेसक मुमा राम खनाल तथा ५ न. प्रदेश इन्चार्ज बामदेब क्षेत्रि लगायत ११ जना केन्द्रिय परिषद सदस्य हरुको उपस्थिती रहेकोे थियोे । उक्त समारोहमा १०१ सदस्यीय जिल्ला परिषद घोषणा गरेको छ । साथै युवा समिति र महिला समिति पनि घोषणा गरेको छ ।
उक्त कार्यक्रममा अर्घाखाँची जिल्लाका ३५ वटा गाबिस र नगरपालिकाका १५ वटा वार्डका प्रतिनिधीको उपस्थित रहेको थियो ।
 
साथै आईतबार होटल साथी सन्धिखर्कमा सम्पन्न कार्यक्रममा बिभिन्न दलका नेता तथा प्रतिनिधीहरु, ब्यापारी, बुद्धिजीवी,सन्चारकर्मी तथा सर्वसाधारणहरुको बाक्लो उपस्थीती रहेको थियो ।
घोषणा समारोहमा नयाँ शक्ति नेपाल अर्घाखाँचीले ११ सदस्य सचिबालय समिति गठन गरेको छ । जसमा संयोजक खिम बहादुर बि.क सहित देब बहादुर भुसाल, बिष्णु प्रसाद भुसाल खुबी, बिष्णु ढुंगाना, पुष्कर आचार्य, गोकर्ण थापा, मनिष सिंह, जिन्दक खड्का, पुर्ण श्रेष्ठ, माधब भट्टराई लगायत छन् । 
यस्तै युवा जिल्ला समितिमा संयोजक बिष्णु ढुंगाना सहित ७५ सदस्य समिति गठन गरेको छ । साथै महिला जिल्ला समितिमा संयोजक रमा आचार्य, सदस्य शारदा आचार्य सहित ५१ सदस्य समिति गठन गरेको छ ।