नुवाकोट गाविसमा खानेपानी सुरक्षा योजना

नुवाकोट गाबिसका मागलाई समिटियर नुवाकोट दिपज्योती युवा परिषदद्रारा उपप्रधानमन्त्री तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीलाई हस्तान्तरण गरिदै । तस्बिर: राजकुमार श्रेष्ठबाट  


प्रेम आचार्य
नुवाकोट, अर्घाखाँची ७ बैसाख । अर्घाखाँचीको नुवाकोट गाविसमा खानेपानी सुरक्षा योजना सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा खानेपानीलाई मुहान देखि मुख सम्म कसरि सुरक्षित तरिकाले ल्याउने र कसरि सुद्धिकरण गर्ने भन्ने बिषयमा खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका प्राबिधिक गोबिन्द आचार्यले जानकारी गराउनु भएको थियो । 
घोराखोरी नवाकोट खानेपानी आयोजनामा पानीका मुहान कसरि संरक्षण गर्ने र पानी कसरि सुद्धिकरण गर्ने भन्ने बिषयमा जानकारी गराईएको हो  । 
कार्यक्रममा आयोजनाको उपभोक्ता समितिका अध्यक्ष बाबुराम आचार्य, सचिब ठगेन्द्र थापा शिक्षक सुन्दर बहादुर सिंह लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । 
नुवाकोट गाबिसका मागलाई समिटियर नुवाकोट दिपज्योती युवा परिषदद्रारा उपप्रधानमन्त्री तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीलाई हस्तान्तरण गरिदै । तस्बिर: राजकुमार श्रेष्ठबाट