अर्घाखाँचीमा निजामी कर्मचारी संगठनको स्थापना दिवस, स्वास्थ्य कार्यालय अर्घाखाँचीका बिरामीहरुलाई फलफूल बितरण

बसन्त श्रेष्ठ ‘छापेली’

सन्धिखर्क, अर्घाखाँची । नेपाल निजामी कर्मचारी संगठनले २७ औँ स्थापना दिवश मंगलवार  देशभर बिभिन्न कार्यक्रम गरी मनाएको छ । अर्घाखाँचीमा पनि संगठनले जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका बिरामीहरुलाई फलफूल बितरण गरी आफ्नो स्थापना दिवश मनाएको हो ।  

 दिवशमा अवसरमा बिरामीलाई फलफूल बितरण गर्दै नेपाल निजमती कर्मचारी संगठनका जिल्ला अध्यक्ष तिलक मिश्रले संगठन जनताहरुको सेवाका लागि सधै तयार रहेको उल्लेख गर्नुभयो । उहाँले विरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै संगठनको सक्रियतालाई निरन्तरता दिइने जानकारी गराउनुुभयो । आधिकारीक ट्रेड युुनियनको निर्वाचनको प्रसंङ्ग उल्लेख गर्दै मिश्रले निर्वाचनका लागि आफुुहरु सदैब तयार रहेको बताउनुुभयो  ।  

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय प्रतिनिधी गिरीराज खनालले आधिकारीक ट्रेड युनियनको निर्वाचनबाट सरकार पछाडि हटे पनि आफ्नो संगठन जुुन सुुकै समयमा पनि निर्वाचनको पक्षमा रहेको बताउनुुभयो । उहाँले पटक पटक निर्वाचनको मिति सरकारले सार्ने प्रबृति कर्मचारीलाई स्वीकार्य नहुने बताउनुुभयो ।  


कार्यक्रममा निजामती कर्मचारी संगठनका सचिव देबेन्द्र केसी, निमित्त जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नबीन दर्नाल, जनस्वास्थ्य अधिकृत  पुस्पा थापा मगर लगायत निजामती कर्मचारीहरुको उपस्थिती रहेको प्रेश चौतारीका बसन्त श्रेष्ठ छापेलीले जानकारी दिनुुभयो ।

समाचार कपी गर्न पाईने छैन