गोरसिङे – सन्धिखर्क सडक फराकिलो हुँदै, स्थानियहरुमा खुशी ( भिडियो, फोटो फिचर)

सुपादेउरालीका अफ्ट्यारा, घुम्टी मोडहरुमा । भिडियो: प्रेम खडका, अर्घाखाँचीडट्कम 

प्रेम खड्का
सुपादेउराली, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । गोरसिङे पत्थरर्कोट – सन्धिखर्क सडक खण्ड अन्तर्गतका सांँघुरा सडकहरुलाई फराकिलो बनाउने कार्य द्रूत गतिमा भइरहेको छ ।
सांँघुरा, घुम्टी सडकहरुलाई फराकिलो बनाउने परियोजना अनुसार अहिले सुपादेउरालीका अफ्ट्यारा, घुम्टी मोडहरुमा काम भईरहेको छ ।
सुपादेउराली खण्डको लाहुरे टासेको भिरको सडक चौडा गर्ने कार्य बैशाख ६ गते सोमबार देखि शुरु गरिएको थियो । सडक चौडा गर्ने कार्य नरपानी हुँदै अगाडि बढने बताइएको छ ।  गोरसिङे – सन्धिखर्क सडक खण्डका सबै बाटो २० मिटर चौढा गरिने छ ।
दैनिक ४,५ घण्टा सवारी साधन आवतजावतमा रोक लगाइएको डिभिजन सडक कार्यालय गोरसिङेले जनाएको छ ।
गोरसिङे – सन्धिखर्क सडक खण्ड अन्तर्गतको सडक विस्तार निरन्तर अगाडि बढाउने डिभिजन कार्यालयले बताएको छ । उता गोरसिङे – सन्धिखर्क सडक खण्डमा चौढा गर्ने भएपछि स्थानिय यात्रुहरु खुशी भएका देखिन्छन् ।
अर्घाखाँचीका सडकहरुमा बढी सवारीसाधन दुर्घट्ना हुँदै आएका देखिन्छन ।
सम्बन्धित समाचार:-