बल्कोटमा पहिलो पटक धारा -धारामा खानेपानी आएपछि स्थानियहरुमा खुशीयाली

बल्कोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको बल्कोट चार वटा वार्डका लागि खानेपानी परियोजना सम्पन्न भएको छ । वर्षौ देखि खानेपानीको समस्या भोक्दै आएका यहाँका स्थानियहरुमा पहिलो पटक घर-घरमा धारा पुग्दा खुशीयाली छाएको छ ।
बल्कोट गाबिस वार्ड: २ , ३, ४, ९ का झन्डै ५३० बढी घरपरिवारको लागि खानेपानी लाभान्वित भएका छन् । यो खानेपानी योजनामा  ओम साईरामको आर्थिक सहयोगका साथै स्थानियबासीले समेत आँफैले आर्थिक सहयोग संकलन र श्रमदान गरेका हुन् ।
सम्पन्न खानेपानी योजनाको लागत २ करोड रुपैया रहेको छ । यो खानेपानी सम्पन्न गर्न झण्डै ४ महिना समय लागेको थियो । खानेपानी अड्गुरीको सितखोलाबाट ल्याइएको हो ।

समाचार बनाउन केशव पन्थी, बल्कोटले सहयोग गरेका हुन् । 

तस्बिरहरु : केशव पन्थी