चिदीकामा कांग्रेसको जनजागरण अभियान सम्पन्न

नेपाली काँग्रेस पार्टी सुदृढीकरण अभियान पोखराथोकमा । फाइल तस्बिर  

प्रेम आचार्य
चिदीका, अर्घाखाँची ८ बैसाख । नेपाली कांग्रेस अर्घाखाँचीले संगठन सुदृढीकरणकालागि सञ्चालन गरेको  गाँउ जनजागरण अभियान आज निर्बाचन क्षेत्र नम्बर १ को चिदीकामा सम्पन्न भएको छ  । 
काग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीले संगठन सुदृढीकरण र  कार्यक्रताको मनोभावना अनुररुप पाटीलाई अगाडी बढाउनका  लागि जिल्लाका सबै गाविसमा अभियान सञ्चालन गरेको हो । निर्बाचन क्षेत्र नम्बर २ मा सकिएर १ नम्बर क्षेत्रमा आज देखि सुरु भएको छ । 
कार्यक्रममा मन्तब्य राख्दै काग्रेसका जिल्ला सभापति बिष्णु खनाल (मुस्कान) ले जनताको माग अनुसार बिकासलाई अगाडी बढाउने काग्रेसले लक्ष्य लिएको बताउनु भयो । जिल्लाको समग्र बिकासमा पहिलो भुमिका कांग्रेसको भएको बताउदै पाटीको संगठन बलियो बनाउन सबै काग्रेसका कार्यक्रताहरु प्रतिबद्ध भएर लाग्नु पर्ने बताउनु भयो । 
कार्यक्रममा काग्रेसका पुर्ब जिल्ला सभापति कमल प्रसाद भुसालले काग्रेसले कार्यक्रताको मनोभावना बुझ्न र मनोबल बृद्धि गर्नका लागि गाँउ अभियान सञ्चालन गरेको बताउनु भयो । उहाले पाटीलाई  अझ ससक्तका साथ अगाडी बढउन गाँउ गाँउमा हिडेको बताउनु भयो । 
कार्यक्रममा जिल्ला सचिब छबिलाल पौडेल, महाधीबेसन प्रतिनिधि कृष्ण प्रसाद खनाल, क्षेत्रीय सभापति केसवराज कुँवर, अच्युत गौतम, जिल्ला सदस्य नेत्र प्रसाद भट्टराइ, दिनामणि पाण्डे,  बिष्णु भुसाल, इन्सु मिया, सिता भुसाल, किमकला भुसाल,रहमत अली तरुण दलका अध्यक्ष पिताम्बर खनाल, महिला सघकि सचिब छमा कार्की, स्थानिय नेताहरु मुस्ताफ अली, अच्युत पन्थी, बिष्णु पन्थी, राधा पन्थी लगायतले मन्तब्य राखेका थिए । 
काग्रेस चिदीकाका सभापति  प्रकाशराज पन्थीको सभापतित्व, हरि भुसालको  सञ्चालन र राम प्रसाद अर्यालको स्वागतमा कार्यक्रम  सम्पन्न भएको क्षेत्रीय सभापति केसबराज कुवरले बताउनु भयो । 

चिदीका