सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । एकिकृत नेकपा माओवादीको सहायक संगठन वाईसीएल नेपाल अर्घाखाँचीको जिल्ला सम्मेलन नयाँ कार्य समीति चयन गर्दै सम्पन्न भएको छ ।
वाईसीएल अर्घाखाँचीको बैठकले गोविन्द भुषाललाई अध्यक्षतामा निर्वोरोध चयन गर्दै ३८ सदस्य नयाँ कार्य समीति निर्वाचित गर्दै सम्पन्न भएको हो। यस्तै उपाध्यक्ष मान बहादुर विक,बाबुराम खनाल,सचिव ईश्वरी जिसी,सहसचिव भुपाल सारु, दर्शन प्रसाई निर्वोरोध चयन भएका छन् ।
सम्मेलनको उद्घाटन समारोहको दिन पारीत भएको ३८ सदस्यीय निर्वाचीत कार्यसमीतीको पहीलो बैठकले आज अध्यक्ष सहित पदाधिकारीको नेतृत्व चयन गरेको हो ।
उपाध्यक्षहरुमा मानवहादुर विक र वावुराम खनाल ,सचीवमा इश्वरी जी .सी सहसचीवमा भुपाल सारु र दर्शन पछाइ रहेका छन् कोषाध्यक्षमा कमल बञ्जाडेको नाम प्रस्ताव गरीए पनी टुंगो लागेको छैन ।
त्यसै गरी सचिवालयमा १७ जना सदस्यको निर्वाचीत भएका छन् भने मनोनीत गरीने १३ जना सदस्यहरु अबको कार्यसमीतिको पहिलो बैठक मार्फत अध्यक्षले चयन गर्ने अध्यक्ष भुसालले जानकारी दिएका छन् ।