अमेरिकी राष्ट्रपति बाराक ओबामा तीनदिने भ्रमणका लागि बेलायत पुगेका छन् ।
भ्रमणका क्रममा राष्ट्रपति ओबामाले आगामी युरोपेली संघको जनमत संग्रहबारे आफ्नो विचार राख्नेछन् । त्यसैगरी उनले मतदातालाई समेत सुझाव दिने बताइएको छ ।
भ्रमणका क्रममा राष्ट्रपति ओबामा र बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । राष्ट्रपति ओबामाले इरान, सिरिया, यमनका समस्या समाधान र आतंकवादी संगठन आइएसविरुद्धको अभियानलाई सफल पार्नेलगायतका विषयमा पनि छलफल गर्ने बताइएको छ । (एजेन्सी)