खानी तथा भूगर्भ विभागले विनाशकारी भूकम्पको एक वर्ष पुगेको सन्दर्भ पारेर वैशाख १२ र १३ गते राजधानीमा भूकम्पसन्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
विभागले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी नेपाली तथा अन्तर्राष्ट्रिय भूगर्भविद्हरुको सम्मेलन गर्ने जानकारी दिइएको हो ।
१३ देशका २ सय ५० बढी विज्ञहरु सहभागी हुने सम्मेलनमा भूकम्पबाट विश्वमा भएको असर र क्षति, अहिलेसम्म पत्ता लागेका तथ्यहरु र भूकम्पको क्षति कसरी न्यून गर्ने भन्ने विषयमा बृहत् छलफल हुने जनाइएको छ ।
सम्मेलनमा ३२ जना विदेशी भूगर्भविद् र २६ जना नेपाली भूगर्भविद्ले कार्यपत्र पेश गर्नेछन् । – इमेजखबरमा समाचार छ ।