विनोद गैरे
नुवाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क-नुवाकोट-खिल्जी असुरकोट सडक खण्ड अन्तरर्गत सन्धिखर्क देखि नुवाकोटको पोखेडाँडा सम्म ७ किलोमिटर सडकको ग्राभेलको काम तिब्र गतिमा अगाडी बढिरहेको छ ।
(S.N.R.T.P) को तिन करोड अडसठ्ठी लाख अठार हजार छ सय पन्चासी रुपैया उनन्चालिस पैसामा यो सडक ग्राभेल हुन लागेको हो ।
उक्त वाटोको ठेकेदार स्थानीय मणि पौडेल भएकोले सडक गुणस्तरीय वन्नेमा स्थानियबासी विश्वस्त छन् ।
बर्षाको समयमा यो सडक हिलाम्मे हुने र सर्वसधारणलाई पैदल ओहोर दोहोर नै गर्न समस्या परेको थियो । सवारी साधन लिएर यो सडकमा ओहोर दोहोर गर्नेहरु झन समस्यामा पर्छन्। चैत वैशाखमा यो सडक भएर जाँदा धुलोले सर्वसाधारण हैरान परेका देखिन्छन् ।