अर्घाखाँचीका घुम्ती स्वास्थ शिबिरमा धमाधम म्याद नाघेका औषधिहरु बितरण गरिदै

(पहिलो प्रकासित मिती: २०७३ वैशाख १०, शुक्रवार) 

फार्मेसीका त कुरै छाडौ अर्घाखाँचीका गाउँहरुमा संचालन गरिने घुम्ती स्वास्थ शिबिरमा धमाधम म्याद नाघेका औषधिहरु बितरण भैरहेका छन् । 
राजु खनाल
पाली, अर्घाखाँची । नेपालमा स्वास्थ्य उपचार सेवा कमजोर छ । यो हामी धेरैले विभिन्न सन्चार माध्यममा सुन्दै र पढ्दै आइरहेका छौ । तर अर्घाखाँची जिल्ला पाली गाबिसका जनताले प्रत्यक्ष भोग्न पाए । 
नेपाल सरकारले स्वास्थको पहुच नपुगेका गाउँहरुमा घुम्ती स्वास्थ शिबिर संचालन गरिरहेको छ । यो एकदम सराहनीय छ । तर केही स्वास्थ्य सेवामा संगलग्न कर्मचारीहरुको लापरबाहीको कारणले गर्दा धमाधम म्याद नाघेका औषधिहरु बितरण भैरहेका छन् । निशुल्क भनिए पनि घुम्ती स्वास्थ शिबिरमा म्याद नाघेको औषधि सेवन गर्न दिएको बिरामीले बताएका छन् ।
गत बैशाख ७ गते पाली- ७ कोट अर्घाखाँचीमा सन्चालन गरिएको स्वास्थ शिबिरमा लोमस फर्मास्युटिकल्सले नेपाल सरकारको लागि बनाएको मेट्रोनिडाजोल २०० एमजीको म्याद गुज्रिएको औषधि सर्बसाधारण जनतालाई बाडिएको पाइएको छ । 
सन् २०१३ को जनवरीमा तयार भएको सो औषधिको म्याद सन् २०१५ डिसेम्बरसम्म रहेको छ । औषधिको म्याद ४ महिनाअघि नै सकिएको छ । 
घुम्ती स्वास्थबाट उक्त निशुल्क औषधि पालीका एक किराना ब्यापारी सशिधर खनालले आफ्नो उपचारको लागि लिएका थिए । स्वास्थ्यसँग खेलवाड गर्ने कर्मचारीलाई कारबाही गर्न उनले माग गरेका छन् । आफु शिक्षित भएर पनि ठगिनु पर्‍यो, अशिक्षित जनताको हालत के हो ला ? सम्बन्धित निकाएको ध्यान जानू जरुरी छ; उनले अर्घाखाँची डट्कमसँग भने । 
त्यहाँका गाउँलेलाई वितरण गरिएका प्राय औषधिहरु म्याद नाघेका बुझिएको छ । अशिक्षित गाउँले म्याद नहेरी औषधि खाईरहेका छन् । 
उता अर्घाखाँची जिल्लाभर खोलिएका फार्मेसी (औषधी पसल) बाट बिरामीलाई म्याद नाघेको औषधि धमाधम बिक्री भइरहेका समाचार आएता पनि सम्बन्धित निकाय मौन देखिन्छ ।