रातो सलको पासो लगाई झुण्डिएको अवस्थामा । तस्बिर: फेसबूकबाट
धारापानी, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको धारापानी गाबिसमा एक युवकको झुण्डिएको अवस्था शव फेला परेको छ ।
धारापानी गाबिस -१ मिलन चौक स्थित ढाकावाङ – सन्धिखर्क जाने कच्ची बाटो नजिक प्युठान हामरी गाबिस -५ का वर्ष १८ का डेब बहादुर खत्रीको आज विहान ६ बजे झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अर्घाखाँचीडट्कमलाई जानकारी दिएको छ ।
मृतक खत्रीलाई भुसाल-पुन बाईक ग्यारेजमा आधा खुट्टाले टेकेर झुण्डिएको अवस्थामा प्रहरीले फेला परेको थियो । आत्महत्या गरेको हो वा कसैले मारेर झुण्डाएर फालेको हो थाहा हुन सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
मृतक खत्री धारापानी गाबिस -१ स्थित मिलन चौकमा लेवर काम गर्दै आएका थिए ।