श्रीमानले दोस्रो विवाह गरी घर जलाईदिदा धारापानीकी तीन छोरीकी आमा सन्धिखर्कका गल्लीमा भौतारिदै, कसैले सहयोग गरेनन्

बिष्णु कुमारी बन्जाडे तिन छोरी सहित ।  तस्बिर: फेसबूकबाट
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) ।  अर्घाखाँची जिल्लाको धारापानीमा तीन छोरी र श्रीमति हुँदा हुँदै दोस्रो विवाह गरेका एक व्यक्तीले बस्दै आएको घर जलाइदिदा परिवारको बिचल्ली भएको छ । 
श्रीमानले दोस्रो विवाह गरी घर जलाई दिदा र गाउँबाट लखेटिदा धारापानी ९ हिले लेबासेकी बिष्णु कुमारी बन्जाडे महिनौ देखि सन्धिखर्कका बजारमा भौतारिदै हिंडन् वाध्य भएकी छन् ।  श्रीमान तुल बहादुर बन्जाडे, ३६ बर्षिय, ले जीवनभर सधैंभरी मानसिक, शरीरिक पिडा त दिएका नै थिए त्यो माथि दोस्रो विबाह गरी बस्दै आएको घर समेत जलाईदिदा गाउँ नै छोड्नु परेको हो । 
३४ वर्षिया बिष्णु कुमारी बन्जाडेका तिन छोरी १५ वर्षिया सरिता बन्जाडे, ९ वर्षिया आईसा बन्जाडे, ४ वर्षिया अम्बिका बन्जाडे छन् । उनिहरुको भविष्य अन्धाकार भएको छ । जेठी छोरी सरिता गाउँमा हजुर आमासंग छ्न भने २ छोरी सहित विष्णु कुमारी चुत्राबेशी बजारमा भौतारिदै हिंडेकी छन् । 
बिष्णु कुमारी बन्जाडेलाई मानसिक, शरीरिक पिडा
श्रीमान् तुल बहादुर बन्जाडेले दोस्रो बिहे गरेपछि सधैंभरी मानसिक, शरीरिक पिडा दिदै आएको र सोही क्रममा तीन छोरीहरु सहित बस्दै आएको घर गत वर्ष २०७२ साल कार्तिक ६ गते साँझ ७ बजे परिबारलाई मार्ने मनसायले आगो लगाईदिए, घर सम्पूर्ण सखाब भयो, घरका सामान, अरुका पाल्न लिएका बाख्रा, पाडा, अन्नपानी सहित झन्डै पाँचलाख बराबरको नोक्सान भयो । आगोबाट उनी बाँच्न सफल भईन तर उनीसँग अरु केही रहेन ।
सो घटना पछि ज्यान मार्ने उद्योग र धनमालको क्षतिपुर्ती संबन्धी जिल्ला अदालत अर्घाखाँचीमा मुद्दा दर्ता भै अनुसन्धानको सिलसिलामा रहेकै अबस्थामा निज अभियुक्त १ लाख धरौटिमा निस्किए । बिष्णु कुमारीले कोहीबाट सहयोग पाइनन्, उसलाई द्रोस्रो बिहेको कारबाही त केही भएन नै अहिले निरन्तर फोन मार्फत मार्ने र गाउँमा कसैले खान बस्न वा संरक्षण गरेमा मार्ने, धम्की दिएकोले उनी जिउज्यानको सुरक्षाको निम्ति सदरमुकाम सन्धिखर्कमा शरण लिन बाध्य भएकी छन् । श्रीमान तुल बहादुरले चितवनमा नै दोस्रो विबाह गरेर फनिचरको काम गर्दै बसेर मान्छे लगाई, पटक पटक गाउँमा आएर पिट्ने, मार्ने धम्की दिने गर्छन् ।
गाउँमा मागेर गुजरा त चलाऊन सकिनन् बिष्णु कुमारीले, त्यो माथि बारम्बार मार्ने धम्की र छिमेकीको अपहेलनाले गाउँमा बस्न समेत नसकेर उनी अहिले सन्धिखर्क, चुत्राबेसीका गल्लीमा छोरी पाल्न काम माग्दै हिंड्न् वाध्य छिन् । तर पनि अहिले उनलाई कसैले काम दिएको छैनन । 
उनीसँग खान, बस्न कुनै बास, पैसा छैन, अहिले सम्म छोरीलाई मागेर खुआउन वाध्य छिन् । श्रीमानले गर्दा घरबार सबै सिद्दियो अब मेरो नाममा केही छैन, कसैले काम दिदैन, उनले अर्घाखाँचीडट्कमसँग आफ्नो पिडा बताइन् । 
                                                                                                   बिष्णु कुमारी बन्जाडे तिन छोरी सहित सहयोग माग्दै ।  तस्बिर: फेसबूकबाट
सहयोग गर्न अनुरोध 
उनलाई अहिले सम्म कुनै संघसस्थाका त कुरै छाडौ बजारमा मानिसहरुले तुच्छ घ् णा नजरले हेर्ने गर्छन् । उनले घर, रेष्टुरेन्टमा भाडा माज्दै छोरीलाई खाना सम्म जुटाउदै  आएकी छिन् त्यो पनि कहिले-काही भाडा माज्ने काम नपाउदा भोक्दै बस्न वाध्य छन् ।  
बिष्णु कुमारीलाई देश-विदेशमा रहेका सबैले सानो – सानो आर्थिक सहयोग गरे त्यो सहयोगले सानोतिनो व्यावसाय गरी आफ्नो जिविका चलाऊन सक्नेछिन् । उनलाई सानो तिनो सक्दो सहयोग गर्ने ईच्छा भएमा उनको 9814453260 मा संपर्क गर्न सकिनेछ ।