खानी तथा भूगर्भ विभागले महाभूकम्पको एक बर्ष पुगेको सन्दर्भ पारेर राजधानीमा भूकम्प सन्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।
सम्मेलनको उद्योग मन्त्री सोमप्रसाद पाण्डेले उद्घाटन गरे । सम्मेलनमा १३ देशका २५० बढी विज्ञ सहभागी छन् । सम्मेलनमा भूकम्पको सम्भावना र त्यसबाट जोगिने उपायकासाथै भूकम्प गइसकेपछिको अवस्था अपनाउनुपर्ने सावधानी लगायतका विषयमा छलफल हुनेछ ।
दुई दिने सम्मेलन मूख्यगरी भूकम्पको क्षति न्यूनिकरणको विषयमा केन्द्रीत हुने जनाएका छन् । सम्मेलनमा ३२ जना विदेशी भूगर्भविद् र २६ जना नेपाली भूगर्भविद्ले कार्यपत्र पेश गर्ने छन् । इमेजखबरमा समाचार छ ।