धातिवाङ्गमा मालिका मन्दिर निर्माण कार्य सुरु

 घनश्याम पौडेल 
धातिवाङ्ग, अर्घाखाँची  । अर्घाखाँची जिल्लाको धातिवाङ्ग गाउँ विकास समिती वडा नं. ४ मा अवस्थित मालिका मन्दिर वैशाख २ गते देखि निर्माण कार्य सुरु भएको छ । २०७० साल देखि मन्दिर निमार्ण गर्न स्थानिय लगायत मन्दिर समिति लागीपरेतापनि न्यून आर्थिक अवस्थाको कारण स्वरुप लिन सकेको थिएन । 
मन्दिरको इस्टिमेट गर्दा खर्च २ लाख लाग्ने समिति बताउछन । ढिलै भएपनि कार्य फत्ते गर्ने समिति लगायत स्थानियवासी तथा युवाहरुकोे सक्रियतामा अहिले निमार्ण कार्य पुरा गरिने अध्यक्ष झविन्द्र पौडेलले वताए । 
हाल आर्थिक नभएको र श्रमदान तथा चन्दा संङकलन गरेर निर्माण कार्य सुरु गरेको बताउछन मन्दिर समितिका कोषाध्यक्ष रामवहादुर क्षेत्रीले वताउनुभयो ।
यहि वैशाख, जेठ सम्ममा एक तल्ला सम्म मन्दिर निर्माण सम्पन्न गर्ने उद्देश्य रहेको बताउछ समिति र चाँडै मन्दिर निर्माणका खातिर आर्थिक संकलन वा सहयोग अभियान स्थानिय लगायत गाविस भरिनै सुरु गरिएको वताए । 
गाउँका युवाहरु पैसा कमाउनको लागि विदेश बाहिरिने र त्यहाबस्ने वृद्धवृद्धाहरु ममर्त सम्भार गर्न नसक्ने हुदाँ मन्दिर ओझेलमा परेको स्थानिय थानिश्वर पौडेलले वताउनुभयो । 
साथै उक्त मन्दिरमा प्रत्येक हप्ताको आईतवार दुध चढाउने, पुजा गरिने रुपमा प्रख्यात रहेको छ । 
पुरानो मन्दिरलाई भत्काएर नयाँ मन्दिर निमार्ण गर्ने धातिवाङ्ग वासीहरुको सहयोगमा तथा युवाहरुको पहलमा मन्दिर निमार्ण कार्य गरिन लागिएको नेपाली कांग्रेसका कोषाध्यक्ष दिनामणि पौडेलले वताए ।
धातिवाङ्ग गाविसमा मन्दिर निमार्ण कार्य मात्र नभएर युवाहरुको सक्रियतामा पोखरी निमार्ण, बाटो निमार्ण लगाएतका सामाजिक कार्यहरु पनि भएका छन, यसरी धातिवाङ्गका युवाहरुले आफै नगरेसम्म अरुलाई मुखले भनेर मात्र हुँदैन परिवर्तन आफैबाट गर्नुपर्छ भन्ने मान्यताका साथ मन्दिर निमार्ण कार्यमा सुरुवात गरेको वताउछन ।